बुवा गुमाएपछि आदर्शको आक्रोश : ‘मेरो बुवाले चलाएको स्कुल हेर, अनि तिम्ले चलाएको देश, लाज लाग्दैन ?’

काठमाडौं – उपचार अभावमा आफ्नो बुवा गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले आफ्नो युट्युबम भावुक भिडियो पोस्ट गरेका छन् ।

मृगौला खराब भएर फेर्नका लागि लामो समयदेखि प्रयासरत बुवा विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नुपरेको दुःख र पीडा र देशको स्वास्थ्य प्रणालीका कारण मानिसको कसरी मृत्यु भइरहेको छ भन्ने विषय समेटेर आदर्शले भिडियो पोस्ट गरेका हुन्  ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले गुणस्तरीय डायलासिस सुविधा नदिँदा धेरै बिरामीले अकालमै ज्यान गुमाउनु परेको आदर्शले बताएका छन् । एनएमसीले डायलासिसको ठेक्का नेफ्रो प्लस नामको भारतीय कम्पनीलाई दिएको जानकारी दिँदै उनले भने, ‘कसको उपचार गर्ने कसको नगर्ने भन्ने निर्णय भारतीयले गर्ने हो ?’

एनएमसीका सञ्चालक बसरुद्धिन अन्सारी असाध्यै शक्तिशाली व्यक्ति भएको बताउँदै मिश्रले सरकारले बीस प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिए नटेरेको आरोप लगाए । गतवर्ष प्रधाननत्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको सम्पूर्ण खर्च बेहोरेका अन्सारीले कलेजको शुल्क र सुविधाको विषयमा प्रश्न उठाउँदा गुन्डा लगाएर विद्यार्थी कुट्ने गरेको उनको आरोप छ ।

नेशनल मेडिकल कलेजबाट बुवालाई नारायणी उपक्षेत्रीय अस्पताल सार्दा नबिग्रेको डाइलासिस मेसिन पनि बिग्रेको र अन्य अस्पतालका बिरामीको डायलासिस नगर्ने भनिएको उनले बताए । उनले भने, ‘त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।’

आफ्नो बुवा विनोद मिश्रा इमानदार र मेहनती व्यक्तिका रूपमा स्मरण गर्दै आदर्शले अस्वस्थ हुँदाहुँदै पनि बुबाले आफू कार्यरत विद्यालयको मुहार फेरिदिएको बताए ।

‘केपी ओलीले कुर्सी छाडिदिए हुन्छ’, प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै आदर्शले भन्नुभयो, ‘डायलाइसिसका लागि स्कुटरको पछाडि बसेर हप्ताको दुईपटक मेरो बुबा अस्पताल गएका हुन्, केपी ओली होइन । मेरो बाउले चलाको स्कुल हेर र तिम्ले चलाको देश हेर । अनि लाज लाग्दै भने मलाई भन । काम गर्न दिएनन् भन्छौ ? काम गर्न मन कहाँ छ तिम्लाई ? लाज लाग्दैन ?’

मिश्राले एनएमसी र नारायणी अस्पताल मिलेर आफ्नो बुवाको जीवन खाइदिएको आरोप लगाउनुभएको छ । उनले भने, ‘एनएमसी र नारायणी अस्पतालले मिलेर खाइदिए एउटा मान्छेको जीवन । कतिजनाको खान्छन् मलाई थाहा छैन । तर, लड्न प्रयास जारी राखौं । जति जीवन बचाउन सकिन्छ, बचाऔँ ।’

आदर्शले गत केहि सातायता युट्युब र फेसबुमार्फत बुवाको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे निरन्तर अपडेट गराउँदै आउनुभएको थियो । आफ्नो नजिकको नातेदार मृगौला दानका लागि तयार हुँदाहुँदै पनि नेपालको स्वास्थ्य प्रणालीले नस्वीकारेको बताएका थिए  ।

सिफारिस

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका स्वास्थ्य सेवासँगै आगामी वर्ष विशेषज्ञ सेवा थप गर्ने तयारी गरेको छ। नगरवासीलाई स्थानीयस्तरमै थप स्वास्थ्य...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

भर्खरै

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

धेरै पढिएको