तीन दिनको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको जनाएको छ । यो न्यून चापीय रेखा देशको मध्य र पूर्वी भागको उत्तरतर्फ सर्दै जाने महाशाखाले जनाएको छ । त्यस्तै उत्तरी छत्तिसगढको आसपास न्यून चापीय प्रणाली रहेको महाशाखाको भनाइ छ ।

हाल देशभर बदली भइ केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्टयाङको साथै पूर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार (आज) दिउँसो देशभर बदली रही पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार सोमबार राति देशभरी बदली रही पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको तथा मध्य, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा मध्य, पश्चिम र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार दिउँसो देशभरी सामान्य बदली भइ केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार राति देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ । त्यस्तै पुर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको