कालोबजारी गरेकाे आराेपमा मन्थलीबाट दुई व्यवसायी पक्राउ

रामेछाप – कालोबजारी गरेको आरोपमा रामेछापको मन्थलीमा दुई व्यवसायी पक्राउ परेका छन । अनुगमनको क्रममा कालोवजारी भएको फेला परेपछि स्थानीय प्रशासनले उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो । पक्राउ पर्नेमा एभरेष्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हमु शेर्पा छन ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले रामेछाप विमानस्थलमा लुक्ला उडानको लागि विदेशी यात्रुको चाप भएको मौका छोपेर खुलेका केहि पसल र होटलले मनमानी ढंगले सामानको मूल्य राखि कालोबजारी गरेको फेला परेकाले उनिहरुलाई कालोवजारी ऐन बमोजिम कारवाहि अघी बढाएको वताईन । पक्राउ परेका दुवैलाई मंगलबार अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक संतोषकुमार भट्टराईले वताउनु भएको छ ।

केहि दिन अघि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विमानस्थल आसपासका होटल तथा पसलमा अनुगमन गर्न पुगेको जिल्ला स्तरिय अनुगमन टोलीले मिनीमार्टमा प्याकेटमा उल्लेख भएको मुल्य छोपेर त्यसको चार गुणा सम्म आफु खुसी मूल्य राखि स्टीकर टांसेको फेला पारेको थियो । जुन कानुन बमोजिम दण्डनिय हो । त्यसैगरी क्याफेले एक कम चियाको १ सय रुपैया, एक बोटल पानीको ८० रुपैया, सादा खानाको ४ सय ५० रुपैया सम्म विदेशी पर्यटक संग असुलेको फेला परेको थियो ।
विमानस्थलमा लुक्लाका लागि उडान बढे सगैं पानी, फलफुल, चिया, चिसो पेय पदार्थ लगाएतका सामाग्रीमा व्यापक ठगि भएको गुनासोको आधारमा अनुगमन भएको प्रशासनले जनाएको छ । हामी फेरी अनुगमनमा जाने तयारीमा छौं प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले भन्नुभयो । उहांका अनुसार पक्राउ परेका दुवैलाई कानुन बमोजिम कारवाहि गरी उपभोक्ताको हित संरक्षण गर्न प्रशासन दृढ रहेको छ ।
कालोबजारी ऐनमा कालोवजारी गर्ने लाई २ लाख पचास हजार सम्म जरीवाना, १ बर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सिफारिस

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

धेरै पढिएको