महरासँगै डिल्लीबजार कारागारमै सार्न आलमको माग

काठमाडौं – कारागारमा राम्रो सुविधा नभएको र अहसज भएको भन्दै मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई सानो ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका छन्। उनले महरालाई डिल्लीबजारमा राखेर आफूलाई नख्खुमा राखिएको बताउँदै महरासँगै डिल्लीबजार कारागारमै सार्न माग गरेका हुन्।

राजपुर बमकाण्डका अभियुक्त आलमलाई गौरबाट नख्खु कारागार ललितपुर सारेपछि उनीमाथि निगरानी बढाइएको छ। आलमलाई भेट्न आउनेको संख्या बढी भएको र सुरक्षा ‘थे्रट’लाई महसुस गर्दै निगरानी बढाइएको कारागार कार्यालयले जनाएको छ। चौतफी निगरानीमा बसेका आलमले प्रहरीमाफर्त कारागार कार्यालयलाई ‘चिट’ पठाएका थिए।

उक्त चिटमा अन्यत्र सार्न माग गरेका छन्। हिन्दी भाषामा लेखिएको ‘चिट’मा आफूलाई असुरक्षा महसुस भएको र अव्यवस्थित भएको लेखेका छन्। तर, कारागार कार्यालयले भने यस विषयमा कुनै जवाफ दिएको छैन। सरकारले दिएको सेवासुविधा सबै कैदी र थुनुवाको लागि समान हुने भएकोले यसबारे कुनै जवाफ दिन नमिल्ने बताएको छ।

‘कारागारभित्र पनि घरमा जस्तै सुविधा खोजेर हुन्न, सरकारले जेजे सुविधा दिनु भनेका छ हामीले ती सुविधा दिएका छौं, कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले भने, ‘यदि माथिल्लो निकायले नै सार्ने निर्णय ग(यो भने हामीले केही भन्न मिल्दैन, तर यहाँ भित्र पसेपछि सबै कैदीको अधिकार समान हुन्छ।’आजको नागरिक दैनिकमा खवर छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको