गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा

काठमाडौं – राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी खान र चुरोटका ठुटा फाल्न रोक लगाइएको छ ।

प्रहरी प्रभागका बसपार्कस्थित प्रमुख सन्तोष दाहालले नमुना बसपार्क बनाउने प्रयासका लागि यी कामहरू भइरहेको बताए । ‘बसपार्कभित्र चोरी, डकैती, पकेटमारी र अश्लील क्रियाकलाप पनि पूर्णरूपमा नियन्त्रण गरिएको छ,’ उनले भने, ‘यो काममा सबैको साथ छ ।’

सुर्तीजन्य पदार्थ पानगुट्खा, पानसुपारी, खैनी र चुरोट खाएर यत्रतत्र थुक्ने, फोहोर फाल्ने कार्य रोक्न फोहोर फ्याक्ने भाँडोको व्यवस्था गरिएको छ । तर पनि प्रयोगमा थप कडाइ नगर्दा बसपार्कको सडक भित्ता, गमला र भवनको पर्खाल फोहोर हुने गरेका छन् ।

आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको