म्यानुअल थेरापी सेन्टरले ५०० जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने

हाड जोर्नी तथा नशा सम्बन्धी विशेष उपचार केन्द्र एबम् नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले मिती यहि २०७६ माघ ११ गते शनिबार आफ्नो वार्षिक उत्सबको अवसर पारेर नि :शुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने जनाएको छ।

नेपालकै बरिष्ट हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ, छाला तथा यौन रोग बिशेषज्ञ लगायतको समुहबाट सन्चालन हुने यस निशुल्क शिविरमा हड्डी खिईएको , नसा च्यापीएको, हात खुट्टा झम्झमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, ढाड दुख्ने,कम्मर दुख्ने, घुढा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, बाथ, पाता पोल्ने, घुडा फेर्नु पर्ने, मेरुदण्डको हड्डी सरेको, रिङ्गटा लाग्ने, बेहोस हुने, घाटी दुखेको, बालमस्तिक पक्षघात , सवारी दुर्घटनाको कारण भएको हड्डी सम्बन्धी समस्या, अप्रेसन वा प्लास्टर पछि  भएको हड्डी सम्बन्धी समस्या वा कुनै पनि हाडजोर्नी तथा नसा रोग सम्बन्धी समस्याहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिने यस सेन्टरका अध्यक्ष एबम् बरिष्ठ हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा. किशोरलाल श्रेष्ठले बताउनुभयो।

यस सेन्टरका ब्यवस्थापक नबिन खरेलले बताउनु भयो “हजारौं हाम्रा सेवाग्राहिको अनुरोधलाइ मध्यनजर गर्दै नि:शुल्क स्वास्थ शिविर राखेका छौं। र, हामीले यस शिविरबाट कम्तिमा ५०० बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने अपेक्षा राखेका छौं।”

साथै यस सेन्टरले नि:शुल्क स्वास्थ्य शिविरको समयमा रु ५०० बराबरको नि:शुल्क न्युरोप्याथी टेस्ट र रगत परीक्षणमा विशेष छुटको ब्यवस्था गरीएको छ प्रशासनको भनाई छ।

“बिरामी ले आफ्नो शरीरको स्वास्थ्य अवस्था के छ भनेर वा आफुलाई कुनै समस्या छ भने सही निदान गर्ने अवसर प्राप्त भएको छ, अत: यो मौकाको फाईदा उठाउन सबैमा अनुरोध गर्दछौं” डा. श्रेष्ठले थप्नु भयो।

शिविरमा आउनको लागि नाम अहिलेबाटै दर्ता गर्न सुरु गरिएको प्रशासनको भनाइ छ ।

ब्यवस्थापक नबिन खरेल भन्नु हुन्छ :- “यो हप्ता भरी (आईतवार देखी शुक्रबार सम्म) नाम दर्ता गरिने र  ५०० जना भन्दा बढीको नाम दर्ता गर्न सकिदैन । यसकारण नि:शुल्क स्वास्थ्य परीक्षण गर्नु छ भने हाम्रो कार्यालयको संपर्क नम्बर ०१- ५१८८०६७ वा ०१- ४६२२०३३ मा फोन गरेर नाम दर्ता गर्न अनुरोध गर्दछौ ।”

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको