बाबुराम भट्टराईको पार्टी फेरि फुट्ने पक्का, यी नेताले थाले यस्तो तयारी

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईपक्षबीच विवाद चर्किएको छ ।

भट्टराई र राईपक्षले तत्काल बैठक बोलाउन माग गरेको छ भने यादव पक्षले बैठक टार्ने बहानाबाजी गरिरहेका छन् ।पार्टीमा आफू अल्पमतमा परेको निष्कर्षसहित यादवले भित्रि रुपमा सके यहि पार्टी जसपा कब्जा गर्ने र त्यसो गर्न नसके पाटीए विभाजन गर्ने रणनीति बनाएका विश्वस्त स्रोतले जनाएको छ ।

यादव निकट एक नेताले नाम नभन्ने सर्तमा भने, ‘हामी सके जसपामै बस्ने र त्यो सम्भव नभए नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेका छौँ । नयाँ दल दर्ताका लागि अध्यक्ष उपेन्द्र यादव लाग्नुभएको छ । यादवको काममा हामी साथ दिन्छौँ ।’

जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मनोमानी ढंगले चलाएको भन्दै छलफलका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउन माग गरिएपनि यादवकै कारण बैठक बस्न सकेको छैन । यादवले बैठक बोलाउन आनाकानी गरेमा कार्यकारिणी समितिमा बहुमत जुटाएर बैठक बसाउने तयारी भट्टराई–राई समूहको रहेको छ ।

गत साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्रपक्षले पाएपछि महन्थ ठाकुरपक्षले नयाँ पार्टी दर्ता गरेको थियो। विवादको एक पक्षले अर्कै पार्टी गठन गरेको केही महिना नबित्दै जसपाभित्र अर्को विवाद उत्पन्न भएको हो। अहिले भट्टराई र राई एक पक्षमा छन् भने यादव अर्को पक्षमा छन्।

राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै कार्यकारिणी समिति बैठक नबोलाए विधान बमोजिम अघि बढ्ने आफूहरुको तयारी रहेको भट्टराई राई समूहको रहेको छ ।

जसपामा यादव र भट्टराईबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा मन्त्री पठाउने निर्णय हुँदादेखि नै विवाद सतहमा आउन थालेको हो।

सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न जसपाले यादवसहित भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो। कार्यदल बनाउँदा तीन नेताबीचको आपसी परामर्शमा मात्र मन्त्री चयनबारे निर्णय गर्ने भनिएको थियो। तर, यादवले आफूनिकट नेतालाई मात्र समेटेर सरकारमा सहभागी गराएपछि भट्टराई र राई असन्तुष्ट बनेका थिए।

मन्त्री बनाउँदा यादवले आफू निकटका नेताहरुकै पनि चित्त बुझाउन सकेका थिएनन्। जसका कारण प्रदीप यादव र मोहम्मत इस्तियाक राई, प्रमोद साह लगायत नेताहरुले असन्तुष्टि पोखेका थिए। प्रदीप यादवले त आफूलाई मन्त्री नबनाएपछि पार्टी कार्यालयमा प्रदर्शन गराउनुका साथै आफ्नै पार्टी अध्यक्षको समेत पुत्ला जलाएका थिए।

पार्टीमा यादवले सामूहिक भावनाको कदर नगरेकोमा पनि बाबुराम र अशोकपक्ष असन्तुष्ट भएका छन्। पार्टीलाई समाजवादी केन्द्र बनाएर बहस, छलफल गर्दै अघि बढ्नुपर्नेमा यादवले त्यसलाई बेवास्ता गरेको उनीहरुको बुझाइ छ। पार्टीलाई वैचारिक रुपमा समाजवादी केन्द्रको ध्रुवीकरणतिर लैजान नसकिएको एक नेताले बताए ।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनले यो दूरी थप बढाएको छ। यादवले आफू अनुकूल उम्मेदवार बनाएको भन्दै अर्को पक्ष असन्तुष्ट बनेको हो। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा सुवेदी जान खोजेपनि यादवले उनलाई रोकेर कांग्रेसलाई छाडिदिएका थिए। राष्ट्रिय सभा निर्वाचनपछि जसपामा विवाद थप छताछुल्ल हुने देखिन्छ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको