आफ्नै प्रेमिकालाई फेसबुकमा वेश्या भनेर लेखेपछि…

काठमाडौं– आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पाल्पा घर भई काठमाडौं बस्ने २१ वर्षीय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार एक ३१ वर्षीय महिलासँग उनी विगत ३ वर्षदेखि ‘लिभिङ टुगेदर’मा थिए। ती महिला डिभोर्सी थिइन्। सँगै बसेपछि खर्च महिलाले नै गर्दै आएकी थिइन्।

केही महिनाअघि उनीहरुको सम्बन्धमा दरार आयो। महिलाले उनलाई छाड्ने निर्णय लिइन्। तर, ठकुरीले छाड्न चाहेनन्।

त्यसपछि ठकुरीले महिलाको नाममा फेसबुक आइडी बनाएर जभाभावी पोस्ट गर्न थालेका हुन्। महिलाको फोन नम्बर नै राखेर यो केटी बेश्या हो भन्दै पोष्ट गरेका थिए।

सोही कारण महिलाले आत्महत्याको समेत प्रयास गरेकी थिइन्। पछि प्रहरीमा उजुरी गरेर उनले युवकलाई पक्राउ गराएकी हुन्। पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।

पक्राउ परेका ठकुरी विद्यार्थी हुन्।

सिफारिस

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

भर्खरै

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

धेरै पढिएको