कांग्रेसले सरकारको दुई वर्षे कामकारबाहीबारे यसरी गर्यो समीक्षा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका दुई वर्षे कामकारबाहीबारे समीक्षा सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संविधानको अक्षर भावनाअनुसारभन्दा पनि कम्युनिष्ट दर्शनको भड्काव बमोजिम कामहरू भइरहेको उल्लेख गरेका छन्।

‘बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप होइन, कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेपछि स्वभाविक रुपमा अधिनायकवाद उन्मुख छन् कि इमान्दार प्रजातन्त्रवादी? भन्ने प्रश्न उठ्छ नै,’ शर्माले भनेका छन्, ‘ओठे जवाफकै प्रष्टिकरण मुलुकले खोजेको छैन। सांस्कृतिक रुपान्तरणको व्यवहारिक अभ्यास मुलुकले खोजेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको दुई वर्ष पुगेको अबसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कार्यप्रगति विवरण पेश गरेका थिए।

दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

‘नागरिकले लोकतन्त्रको दीर्घ जीवन, उत्तरदायी सरकार, सहिष्णु नेतृत्व, भयरहित समाज, निष्पक्ष न्याय, तटस्थ प्रशासन यन्त्र र समृद्धिमा गतिको अपेक्षा गर्नु नैसर्गिक हक हो। दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन सरकारले सफलता हासिल गरोस्, नेपाली कांग्रेसका तर्फबाट हार्दिक शुभकामना,’ शर्माले भने।

सत्तारूढ नेकपाले चुनावका बेला जारी गरेको घोषणापत्रमा उल्लेख गरेका कार्य नगरेको पनि कांग्रेसको भनाइ छ। ‘चुनावी घोषणापत्रमा एक वर्ष भित्रमा गरिसक्ने भनिएका कार्यक्रम नै अलपत्र परेका छन्। दुई वर्षमा गरिसक्ने वाचा गरिएका कार्यक्रमहरुको कन्तविजोग नै छ। कयौं सञ्चार माध्यमबाट यसबारे विस्तृत विवरण आइसकेको स्थितिमा हामीले थप टिप्पणी गर्न जरुरी रहेन,’ प्रवक्ता शर्माले भने।

साथै सरकारले एमसीसिलाई विवादित बनाएको आरोप कांग्रेसको छ।

‘कांग्रेसको नेतृत्वमा रहेको सरकारले हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धी अघि बढाएको सम्झौता एमसीसीलाई सरकारकै अर्कमण्यताका कारण यस बीचमा विवादित बनाउने प्रयत्न भएको छ,’ शर्माले भने, ‘एकातर्फ संसदमा प्रस्तुत गर्न ढिलाई गर्ने र अर्कोतर्फ नागरिक पंक्तिमा उठेका प्रश्नलाई जिम्मेवार ढंगले सम्बोधन नगरेर आन्तरिक पार्टीगत राजनीतिको द्वन्दले गिजोल्ने कर्म दुःखद भएको छ।’

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको कांग्रेसले दोहोर्‍याएको छ।

‘ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ। यसले प्रष्ट गर्दछ आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ। यद्यपि उहाँले कानूनी रुपमा सामना गर्नु हुने र पार्टीले प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गरिसकेको छ,’ शर्माले सरकारका दुई वर्षे कामका समीक्षा गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको