अबको प्रहरी महानिरीक्षक (आइजीपी) को ?

काठमाडौं – यस पटकको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको सिफारिसले धेरैलाई चकित बनायो । यसका दुई कारण छन् । पहिलो रिक्त भएको दुई साता नबित्दै बढुवा सिफारिस भयो । विगतमा विवादका कारण नौ महिनासम्म निर्णय हुन सकेको थिएन । दोस्रो कारण चाँही सिफारिसमा बरिष्ठताको बरियता मिचिएन । बरिष्ठताकै आधारमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि बहादुर पालको सिफारिस भएको छ ।

एआईजी सिफारिसलाई प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको पहिलो सफलताका रुपमा लिइएको छ । तर, यसमा संयोगले पनि उनलाई साथ दियो ।

सत्तारुढ दल नेकपाभित्र आन्तरिक राजनीति चर्किएकाले यसपटकको एआईजी बढुवामा राजनीतिक चलखेल हुन नपाएको स्रोत बताउँछ । वामदेव गौतललाई राष्ट्रिय सभामा लैजाने/नलैजाने विवादमा नेकपा नेतृत्व अल्झिएको थियो । यही बेला एआईजी बढुवासम्बन्धि प्रस्ताव पुगेपछि प्रधानमन्त्रीले बरिष्ठताकै आधारमा गर्न निर्देशन दिएका हुन् ।

एआईजी बढुवा सिफारिसले भावी एआईजीको खेल पनि हेरफेर हुने देखिएको छ । धेरैले असारपछि विश्वराज पोखरेल आईजिपी हुने आँकलन गरेका थिए । यसअघि उनी दुई ब्याचलाई टपेर डीआइजीमा बढुवा भएकाले पनि यस्तो आँकलन गरिएको थियो । शक्तिकेन्द्रहरुसँग राम्रै सम्बन्ध भएपनि यसपटक उनलाई भाग्यले साथ दिएन । यससँगै अब असारमा आइजिपी हुने उनको सम्भावना लगभग सकिएको छ ।

असारमा शैलेश थापा र हरि पालबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । एआईजीमा सिफारिस भएका तारिणी लम्साल असारमा महानिरीक्षक ज्ञवालीसँगै अवकाश पाउनेछन् । त्यो अवस्थामा थापा र पालबीच प्रतिस्पर्धा हुनेछ । धेरै प्रचार नरुचाउने थापा आफ्नो ब्याचका अब्बल अधिकृत मानिन्छन् । राजनीतिक पहुँच नभएकाले यसपटक उनी छुट्न सक्ने आशंका कतिपयको थियो । तर, इमान्दारीताका कारण उनी पुरस्कृत भएका छन् । भक्तपुरका जिल्लावासी महेश्वर न्यौपाने गृहसचिव हुनु पनि उनका लागि फाइदाजनक भयो । उनका लागि भक्तपुरकै नेकपा नेता महेश बस्नेतले पनि बालुवाटारमा लबिङ गरेका थिए ।

पाल पनि पछिल्लो समय शक्तिशाली हुँदै गएका छन् । डिआईजी बढुवामा निरज शाही र प्रद्युम्न कार्कीलाई पछि पारेबाटै उनका लागि प्रहरी नेतृत्वको ढोका खुलेको हो । प्रदेश २ मा कार्यरत रहँदा उनले आफ्नो छवी माथि उठाएका थिए । त्यसकारण असारमा दुईबीच कडा टक्कर हुने देखिन्छ ।

अब असारमा एआईजीका दुई पद रिक्त हुने छन् । जसमा अहिले छुटेका निरज र प्रद्युम्नको बढुवा हुने सम्भावना छ । तर, असारमा जसरी पनि एआईजी हुने रणनीतिमा पोखरेल छन् । असारमा एआईजी नभए उमेरहदका कारण पोखरेल डिआईजीबाटै अवकाश पाउनेछन् ।

पोखरेल एआईजीमा बढुवा नहुँदा उनको ब्याचीहरु भने खुशी भएका छन् । अब उनीहरु पनि डिआइजी हुँदैछन् । असारमा पोखरेललाई एआईजीबाट रोक्न सके पछि आफुहरु पनि आइजिपीको प्रतिस्पर्धामा हुने उनीहरुको आँकलन छ । पोखरेलका ब्याचीहरु धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनीबीच प्रतिस्पर्धा हुनेछ । डिआइजीका हाल ३४ सिट रिक्त छन् । आफ्नो ब्याचबाट अब पहिलोनम्बरमा बढुवाका लागि उनीहरुबीच प्रतिस्पर्धा सुरु भइसकेको छ ।

तर, डिआइजी बढुवाको निर्णय भने लम्बिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भइसकेका छन् । अब उनी अस्पतालबाट डिस्चार्ज भएपछि मात्र मन्त्रिपरिषद् बैठक बस्ने भएकाले एआइजी बढुवा नै लम्बिने छ । एआईजी बढुवा निर्णय नभई डिआइजीको नहुने भएकाले केही हप्ता लाग्ने देखिएको छ । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने वरिष्ठताकै आधारमा बढुवा गर्ने पक्षमा छन् । प्रहरीमा चलखेल गृहमन्त्री थापालाई मन पर्दैन ।-दृष्टि साप्ताहिकबाट

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको