नेपाल एपिएफ अस्पताल बलम्बुबाट ९ जनाको मेडिकल टोली जाजरकोट गएका छन्।
शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो। उनीहरु नेपाली सेनाको स्काइ ट्रक मार्फत जाजरकोट गएको सशस्त्र प्रहरीले जनाएको छ।
जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।
