नव सुन्ताखानमा अबाकस, राष्ट्रियस्तरको प्रतियोगीताका लागि प्रतिष्पर्धी छनोट

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा रहेको नव सुन्ताखान एकेडेमीमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको सहकार्यमा सम्पन्न भएको प्रतियोगीताबाट छानिएका विजेताहरुले राष्ट्रिय स्तरको प्रतियोगीतामा सहभागी हुन पाउनेछन् ।

३५० जनाभन्दा बढि विद्यार्थी सहभागी भएको प्रतियोगीतामा अभिभावकहरुको पनि उल्लेख्य उपस्थिति थियो । यो विद्यालयमा यहि वर्षदेखि अबाकस लागु भएको हो ।

प्रतियोगीता लगत्तै विद्यालयका संस्थापक प्रिन्सिपल सुदर्शन थापाले अबाकसबाट आफूहरु निक्कै खुशी भएको बताए । अबाकसका लागि बाल विकास एनसीमास संस्थालाई धन्यवाद दिँदै उनले आफ्नो बिद्यालयमा अबाकस लागु गराउने सोँच निक्कै पहिलेदेखिको भएपनि यो वर्षभने संचालनका लागि सफल भएको बताए ।

बाल बिकास एनसीमास संस्थाका कार्यकारी निर्देशक तेजु नेपालले विद्यालयले अबाकसहित विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिएको देख्दा आफूहरुलाई निक्कै खुशी लागेको बताए । उनले यो विद्यालयमा अबाकस लागु गराउन पाउँदा खुशी व्यक्त गर्दै राष्ट्रिय स्तरको प्रतियोगीता जितेर अन्तर्राष्ट्रिय स्तरमा सहभागीतामा सहभागीता जनाउन सक्ने अपेक्षा गरे ।

कार्यक्रममा सहभागी अभिभावकहरुले आफूहरुका बालबालिकामा अबाकसका कारण आएको परिवर्तनले निक्कै गौरवान्वित बनाएको बताए । यो कार्यक्रम विद्यालयमा लागु भएपछि आफ्ना बालबालिकाहरुमा निक्कै परिवर्तन आएको भन्दै उनीहरुले आगामी दिनहरुमा विद्यालयले अझै थुप्रै यस्ता कार्यक्रमहरु लिएर अघि बढ्ने आशा व्यक्त गरे ।

प्रतियोगीतामा सहभागी भएका विद्यार्थीहरुले पनि आफूहरुमा आएको परिवर्तनले यसको धन्यवादको पात्र अबाकसका शिक्षकहरु रहेको बताए । अघिल्ला वर्षहरुमा गणितिय समस्या समाधान गर्न निक्कै अप्ठ्यारो पर्ने गरेकोमा अहिले आएर निक्कै सहज भएको उनीहरुको भनाइ छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको