भक्तपुरमा क्यालेन्डर प्रदर्शनीसंगै ३३ पोखरी पदयात्रा (तस्वीरहरू)

भक्तपुर- नयाँ बर्ष २०८१ तथा बिस्का जात्राको अबसरमा ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरमा क्यालेन्डर प्रदर्शनी सुरु भएको छ । बिस्का जात्राको अन्तिम दिन बैशाख ५ गतेसम्म प्रदर्शनी चल्नेछ । क्यालेन्डरमा प्रस्तुत भएको फोटोबाट पर्यटन प्रचार गर्ने उदेश्यले क्यालेन्डर प्रदर्शनी गरिएको हो । भक्तपुर टुर्स र ज्ञानखबर एजुकेशन एण्ड रिसर्च मिडियाको संयुक्त योजनामा प्रदर्शनी गरिएको हो ।

मिडियाहरुको प्रतिनिधित्व हुने गरी भएको प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे), काठमाण्डौं फोटोग्राफर संघको जीवन शैली र बन्यजन्तुको फोटो राखिएका क्यालेन्डर प्रदर्शनको लागि राखिएको छ ।

बैंकहरुको प्रतिनिधित्व हुने गरी कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र महालक्ष्मी बैंकका क्यालेन्डर प्रदर्शन गरिएको छ । फाइनान्सको क्षेत्रबाट नेपाल फाइनान्सले सहभागिता जनाएको छ ।

बिमाहरु मध्ये राष्ट्रिय बिमा कम्पनी, जीवन बिमा कम्पनी, सानिमा जीआइसीको सहभागिता रहेको छ । यसै गरी गाउँपालिका महासंघको क्यालेन्डर पनि प्रदर्शनको लागि राखिएको छ ।

त्यस्तै, सोहि अवसरमा ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरमा ३३ पोखरी पदयात्रा सम्पन्न भएको छ । भक्तपुर सहरका पोखरीको अवस्था अध्ययन अवलोकन साथै प्रवर्द्धन गर्ने उदेश्यले बिगत ७ बर्ष देखि नयाँ बर्षको दिन आयोजना गर्दै आएको ३३ पोखरी पदयात्राको महत्व प्रकाश पार्दै ज्ञानखबर एजुकेशन एण्ड रिसर्च मिडियाका व्यवस्थापक राजन कुसीले नयाँ बर्ष २०८१ को शुभकामनाका साथ उत्साहजनक सहभागीताको लागि धन्यवाद व्यक्त गरे । साथै पानीको सतह बढाउने उपायहरु खोज्न पर्नेमा जोड दिए ।

भक्तपुर टुर्सका योजनाकार रविन राचलिकाले पानीको श्रोत संरक्षण गरी साँस्कृतिक सम्पदाहरुको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

कार्यक्रममा सहभागी पदयात्रीहरूको प्रतिनिधित्व गर्दै नारायण खतिवडा तथा राहुल भुजूले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद सहित पोखरीसंगै रहेको कुमारी बैंक नपुखु शाखाको तर्फबाट नयाँ बर्षको शुभकामना व्यक्त गरे ।

दक्षिण भेगको यात्रा
माहेश्वरी मन्दिरबाट सुरु भएको यात्रा जेलाँ स्थित पुखुचा बाट खचाँ पुखु, याता न्हाद पुखु, याता बाहारे पुखु हुदै कुमारी पुखु पुगेको थियो । ल्योसिख्य पुख्बाट खल्लाँ हुदै हालै मर्मत गरिएको लैको पुखुको सौन्दर्य अवलोकन गरी यात्रा बजार क्षेत्र हुदै अगाडी बढेको थियो । बजार क्षेत्रको मंगलकुण्डमा पानीको सतह सबै भन्दा बढी रहेको पाइयो, त्यहाँ धाराको पानीले पोखरी भर्ने गरिएको छ । त्यस पछि यात्रा, थुगुचो, देगमना पुखु, तेखापुखु हुदै गत महिना उद्धघाटन गरिएको भाजु पुख पुगे पछि दक्षिण भेगको पोखरीको यात्रा सकियो ।

उत्तरी भेगको यात्रा
रानीपोखरी, सिद्धपोखरी, नपुखु, कालदहचा, मचागाँ पुखु, इन्द्रायणी पुखु पछि यात्रा भक्तपुर दरवार क्षेत्रको खौमा प्रवेशद्वार पुग्यो । दरवार भित्र रहेका तीन पोखरी मध्ये भण्डारखाल पोखरी हालै कला संग्राहलय अन्तर्गत राखिएकोले नयाँ बर्षको बिदाको कारण बन्द रहेको छ । दरवार भित्र रहेको अरिचा पुखु निकै शान्त रहेको छ, भने लायकु लुहिटि पुखुमा फोटो खिच्नेहरुको भीड देखियो । ब्यासीमा रहेका दुई पोखरी डाँडाको फेदम रहेको कारणले पानीको सतह अरु पोखरीको भन्दा धेरै रहेको छ । यस्तै अवस्था महाकाली स्थित अचाँ पुखूमा रहेको छ ।

वडा नं. ६ कार्यालयसंगै जोडिएको भौल्वा पुखु गमलामा फुल रोपेर सजाइएको छ । बेखालपुखुको पानी प्रयोगबिहीन अवस्थामा रहेको पाइयो । नागपोखरीमा पनि पानीको सतह तल पगुेको छ । चोर्चाको पुखुमा भने संगै रहेको धाराबाट बगेको पानी जम्मा हुने गरेको छ।

यात्रा सलाँ गणेशपुखु, क्वाठाण्डौ पुखु र गोङग पुखु हुँदै लामाग पुखुमा पुग्यो । यस पछि कमलपोखरी, गरुडकुण्ड र अन्तिममा च्याँम्हासिह पुखुमा पुगेर ३३ पोखरी पदयात्रा पुरा भएको हो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको