काठमाडौं – सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर हटाउने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीको सवारी साधनबाटै कालो स्टिकर हटाइएको छ।
ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारी साधनमा टासिएको कालो स्टिकर हटाएको हो । अभियानको सुरुवात नेतृत्व तहबाटै गरिएको भन्दै नियम कार्यान्वयनमा सबैलाई समान व्यवहार गरिने सन्देश दिन खोजिएको बताइएको छ।
गृहमन्त्रीको अग्रसरतामा सुरु गरिएको यस अभियानअन्तर्गत कालो स्टिकर प्रयोग गर्ने सवारी साधनलाई कानुनी व्यवस्थाअनुसार नियमन गरिने जनाइएको छ।
सवारी साधनमा अत्यधिक गाढा वा अवैध रूपमा जडान गरिएका स्टिकरले सुरक्षा निगरानी तथा ट्राफिक व्यवस्थापनमा असर पुर्याउने भएकाले यस्ता सामग्री हटाउने अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
