रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं – रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलले राहत सहयोग कोष स्थापना गरेको छ।

विद्यालयले बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको सकुशल उद्धारका लागि आग्रह गरेको छ।

बाढीपहिरोका कारण केही नागरिक सम्पर्कविहीन हुनुका साथै सडक तथा आवागमनका मार्ग अवरुद्ध हुँदा प्रभावित समुदाय कठिन परिस्थितिमा परेको विद्यालयले जनाएको छ। यस्तो अवस्थामा तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत र मानवीय सहयोग पुर्‍याउन सबै सरोकारवाला निकाय, संघसंस्था तथा घटनास्थल नजिक रहेका सहयोगी महानुभावलाई सक्रिय रूपमा जुट्न विद्यालयले अपिल गरेको छ।

मानवीय सहयोगप्रतिको प्रतिबद्धताअनुरूप विद्यालयले ‘स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुल राहत सहयोग कोष’ स्थापना गरी प्रारम्भिक सहयोगस्वरूप पाँच लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।

विद्यालयका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकार, संस्थापक विद्यालय निर्देशक मिना महर्जन र प्राचार्य नेहा के.सी.को संयोजनमा शिक्षक, विद्यार्थी परिषद् तथा अभिभावक प्रतिनिधिसहितको राहत तथा उद्धार सहयोग समिति गठन गरिएको छ।

समितिले राहत सामग्रीअन्तर्गत खाद्यान्न, लत्ताकपडा, औषधि, अस्थायी आवास सामग्री खरिद तथा संकलन कार्यलाई अगाडि बढाउने जनाएको छ।

विपद्को यस घडीमा उद्धार, राहत, उपचार तथा प्रभावित नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी राहत कोषको सम्पूर्ण संयन्त्र, स्रोतसाधन र सामर्थ्य प्रभावकारी रूपमा परिचालन गर्न सम्बन्धित निकायसँग विद्यालयले आग्रह गरेको छ।

साथै, विद्यालय परिवारले शिक्षक, अभिभावक, विद्यार्थी, निजी क्षेत्र, सामाजिक संघसंस्था, शुभेच्छुक, शुभचिन्तक तथा आम नागरिकलाई मानवीय भावना र सामाजिक उत्तरदायित्वका साथ आ–आफ्नो स्थानबाट प्रभावित नागरिकको सहयोगमा जुट्न अपिल गरेको छ।

 

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको