व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कला, मनोरञ्जन तथा फेसन क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न सांगीतिक तथा हास्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन गरी तीन विशेष सिक्वेन्समा र्‍याम्प वाक गरेका थिए।

ब्राइडल सिक्वेन्समा प्रतियोगीहरूले परम्परागत दुलही पहिरनमार्फत नेपाली संस्कृति र सौन्दर्य प्रस्तुत गरेका थिए। निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्डलाई फेसनसँग जोडिएको थियो भने गाउन सिक्वेन्समा प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्‍याम्प प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए। गाउन सिक्वेन्सको कोरियोग्राफी निशा बराइलीले गरेकी थिइन्।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार ‘द ग्ल्याम नाइट’ प्रतियोगीहरूको प्रतिभा, शैली र प्रस्तुति क्षमता प्रदर्शन गर्ने विशेष अवसर हो। अर्की आयोजक शिला बास्तोलाले यस कार्यक्रमले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासमा प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिन्।

रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको ‘मिसेज नेपाल वर्ल्ड’ विवाहित महिलाहरूको प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको