जापानमा काम गर्न चाहने नेपालीलाई बाटो खुल्यो, यी काम जानेका मात्र जान पाउने

काठमाडौं – जापानमा गएर काम गर्न चाहने नेपालीका लागि बाटो खुला भएको छ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएपछि जापानको श्रम बजारमा नेपालीलाई अवसर मिल्ने भएको हो ।

केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो ।

जापानको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विदेशी कामदारसम्बन्धी एक सय २६ बुँदे नीति पारित गर्दै नेपालीसहित ११ देशबाट कामदार लैजाने निर्णय गरेको हो ।

नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने जापानी अखवार द जापान टाइम्सले जनाएको छ ।

कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली, चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने समाचारमा उल्लेख छ ।

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भन्ने टुंगो लागेको छैन ।

अर्को महिना जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली कामदारलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अघि बढ्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले जनाएको छ । त्यही बैठकले संख्याको समेत टुंगो लगाउनेछ ।

जापान सरकारको नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ ।

सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ ।

जापानको नयाँ नीतिअनुसार १८ वर्षभन्दा माथिका कामदारहरू रोजगारीका लागि योग्य हुने छन् । अब उच्चदक्षता भएकाहरू परिवारसहित जान पाउनेछन् र उनीहरूको भिसा थपिरहन मिल्नेछ।

अहिलेसम्म नेपाली कामदारले जापानमा प्रशिक्षणका हैसियतमा मात्र काम गर्दै आएका छन् । कतिपय विद्यार्थी र पर्यटक भिसामा पुगेकाहरुले पनि काम गरिरहेका छन् । अरु गन्तव्य देशको तुलनामा जापानमा पारिश्रमिक राम्रो छ ।

नेपाल र जापानबीच यसअघि नै श्रम सम्झौता भैसकेको छ । अहिले नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ८७ प्रतिशत खाडी र मलेसियामा छन् ।

सिफारिस

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को शिलान्यास गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बुधबार काठमाडौँमा एक समारोह बीच शिलान्यास...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

धेरै पढिएको