खुर्कोट–रामेछाप र हाम्रो व्यवहार

जगन्नाथ शर्मा

रामेछापको सिमावर्ति बजार खुर्कोटमा अहिले चहलपहल छैन । विपी राजमार्गमा गुडेका सवारी साधन रोकेर खुर्कोटका रेष्टुरामा चिया चमेना अनि खाना खाने आश गरेर आउने यात्रुहरु भोकै बाटो लाग्न थालेका छन् । बजार, मान्छे, सामान र व्यापार नभएर हैन, कोरोनाले आक्रान्त पारेपछि खुर्कोटका व्यवसायी सटर झारेर आफै सतर्क बसेका छन् । उनीहरुले १५ दिनसम्म सटर नखोल्ने बाचा गरेका छन् ।

खुर्कोटका व्यवसायलाई बन्द गराउनका लागि कुनै राज्य प्रशासनले डण्डा लगाएको छैन । कोभिट व्यवस्थापन समितिको निर्णय भएको छैन । प्रहरीको उर्दी र सिठ्ठी फुकिएको छैन । खुर्कोटमा कुनै कोरोना लागेको मानिस पनि अहिलेसम्म फेला परेको छैन । एकाएक खुर्कोटमा किन यसो भयो ? स्थानीय वासिन्दा भन्छन् – सावधानी ! रोग भित्रन नदिने प्रयास । बच्ने र बालबच्चा बचाउने आशा ।

खुर्कोटदेखि केहि माथि महाभारतको काँछको सानो बजार खनियाखर्क पनि चकमन्न छ । दुई दिन भयो । दर्जन भन्दा बढी चियापसल र नाङले पसलको व्यापार स्थानीयलाई अब छोप्नु छैन । सुनसान छ , सानो ठाउं । तराई र खुर्कोटको गर्मिमा असीन पसिन भएर खनियाखर्क उक्लेकाहरुले एकैछिन बसेर चियाको सुर्की लगाउन मन लागेपनि पाउदैनन् अब । किनकी त्याहाँ कोहि पस्न पाउदैनन् । चियापसलमा सटर ढ्याप्प लागेका छन् । डाडाँमै बसेर चुरोट तान्नेहरु भन्दै गरेका हुन्छन् – चिया त दिए हुनेनी हो ! खनियाखर्कमा पनि स्थानीय नै बजार बन्द गराउनका लागि जागरुक भएका हुन ।

यो अभियान सिन्धुलीमा छैन । मुलकोट र झाँगाझोलीमा छैन् । किन ? प्रशासनले अहिलेसम्म त्यस्तो लकडाउनको निर्णय गरि नसकेकोले कमाउन्जेल कमाउ भन्ने छ, स्थानीयलाई । रोगको चासो त्यति भएजस्तो लाग्दैन ।
यता सिमावर्ति रामेछापमा स्थानीय प्रशासनले विहान खुलेका पसल व्यवसाय दिउँसो ४ वजे बन्द गराउँछ । विहानदेखि बेलुका ४ बजेसम्म पुरै बजार चहल पहल छ । दशैंको जस्तै किनमेल छ । यातायातका साधनको ठेलमेल छ । को बाट को बच्ने ? भन्ने चासो अब बजारमा छैन् । सबै समान छन् । मास्क लगाएका अनि नलगाएका पनि सराबरि जस्तो छ । प्रहरी र ट्राफिकले मास्क नलगाउनेलाइ १ सय रुपैयाँ जरिवाना काट्दो छ, मानिसहरु तिर्दा छन् , अनि फेरी थुतुनो पनि खाली राखेर हिड्दा छन् ।

तरकारी बजार मात्र हैन, माछा मासु व्यवसाय चलेको छ । हिजोको दिनमा तराईको तरकारी ,माछा र फलफुल आउदा कोरोना आयो भन्ने स्थानीयहरुलाई अहिले त्यहि नभै भाको छैन । होटल र रेष्टुराको दैलो लगाउनेहरुले अहिले उघ्रने जति सबै उघारेका छन् । बेलुका ४ बजे प्रहरीले व्यवसाय बन्द गर्दा व्यवसायी र स्थानीय व्यंङग गर्दै भन्छन् – लहै कोरोना आयो रे ! बन्द गर्नुपरो रे । सुन्दा लाग्छ उनीहरु आफ्नो पसल व्यवसाय प्रहरीको लागि या सिडियोको लागि बन्द गर्दैछन् । नत्र रोग दैलोमा हैन, घर भित्रै पस्दा पनि उनीहरुलाई सुरक्षा सतर्कता अपनाईरहनु पर्दैन । व्यवसाय गर्न पाए अरु जे पनि सहन गर्ने शक्ति उनीहरुलाई प्राप्त हुन्छ , मानौं त्यस्तो शक्ति भगवानबाट उनीहरुले प्राप्त गरेका छन् । त्यसैले उनीहरु मुल ढोका बन्द भए कोखे ढोकाबाट बेच्छन् । कोखे ढोका बन्द भए माथिल्लो तलामा उक्लिएर बेच्छन् । माथिल्लो तलामा पनि नदिए सटर लगाएर भित्र बसेर पनि व्यापार गर्छन । यस्तो लाग्छ, व्यापार भयो भने कोरोनाले छुदैन, । पैसादेखि कोरोना बुर्कुसी मारेर कुद्छ । व्यवसायीहरुका नेताहरुपनि अलि बढी व्यापार गर्न दिन पाए मैले भन्देको, मैले गर्दिएको भन्न पाइन्छ भन्ने दाउमा हुन्छन् । भलै भोलिको दिनमा उनीहरुलाई नै कोरोनाको किरो भित्र किन नपरोस ।

यस्तै कुराले वाक्क भएको बेला केहि दिन अघि जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा भक्कानिइन् । उनले कोभिडबाट बच्नका लागि अवलम्बन गर्नुपर्ने विधि आफुलाई मात्र नभएको सुनाईन् । ४० लाखको गाडि चढ्नेले १० रुपैयाँको मास्क थुतुनामा नलगाएको देख्दा उनलाई भित्रैबाट रुन मन लाग्यो । धन्न आँशु झारिनन् । बैठक कक्षमा भएका सबै शान्त बने, माहौल स्तव्ध भयो , उनको भावना पोखिदा । कोरोना सुरु भएपछि दर्जनौं बैठकमा शर्माले भन्ने कुरा प्राय उनै उनै हुन्थे । त्यस दिन आजित भएको अभिव्यक्ति स्वरुप एउटा भावना फुत्कियो, पोखियो ।

हुन पनि, बजारमा प्रयाप्त मात्रामा सावुन पानीले हात धुने प्रबन्ध गर्ने कुरा व्यवहारमा लागू छैन् । व्यवसायीहरुका नेताहरुले बचन दिन्छन् तर गराउदैनन् । सामाजिक दुरी राखेर सामान बिक्री गर्ने कुरा निर्णय पुस्तिकामा मात्र भेटिन्छ । बजारमा भिडनै छ । यातायातका साधनलाई कमाउने मौका यहि बेला छ । काठमाण्डौं जादा ३ हजार ५ सय सम्म पैसा असुलिन्छ । सिट संख्याको आधा मान्छे हाल्नु पर्ने नियम लागू छैन । खाद्यान्न तरकारी , चियापसल सवैतिर सावधानीको कुरा कोहि कसैको दिमागमा घुस्दैन । आफ्नो स्वार्थ पुरा हुन्जेलसम्म कर्मचारी, व्यवसायी, पत्रकार, जनप्रतिनिधि, राजनीतिक दलका अगुवाहरु, सर्वसाधारण आदि सवै कोरोनाका कुरा भुल्छन् । स्वार्थ पुरा भएपछि अरुलाई औंला देखाउछन् र भन्छन् – ख्यै साबधानी ? समाजमा आफु राम्रो, अरु सबै गतिछाडा भन्ने मान्यताले ठुलो घर गरेको छ, यो कुरा कोरोनाको सावधानी अपनाउने कुरामा पनि लागू हुन्छ ।

कोरोना रोक्न सके सबैको पद र प्रतिष्ठा बाँकी हुने कुरा प्राय सबैले भुलेका छन् । पदको दुरुपयोग गरेर भनसुन चल्छ । सेलेघाटमा रोकिएका सवारीलाई छुटाउनका लागि दिनमा सयौं फोन प्रहरीलाई गर्ने समाजका थुप्रै अगुवा छन् । चाहे नेता, जनप्रतिनिधि, पत्रकार, व्यवसायी किन नहुन सवैले आफ्नो तागत चेक गरिरहेका छन् । याने कि कोरोना लागेको होस या नहोस मानिस छुटाउने मात्र ध्यावन्न छ । किन हामी यसो गरीरहेका छौं ? के हामीलाई खुर्कोट र खनियाखर्कका बासिन्दाको जस्तो चेत खुल्दैन ? के सबै कुरा पैसा नै हो ?

विगतमा सरकारले लकडाउन लगाएका बेला जनप्रतिनिधिले धमाधम यातायातका साधनमा मानिस ओसारे । राज्यले पास रोक्दा रोक्दै कयौं सवारी साधनलाई पास दिए । प्रहरीले स्थानीय सरकारको पास देखेपछि छोडिदिए, रोकेनन् या सकेनन् । कोरोना लागेको व्यक्ति आउदा होम क्वारेन्टाइनको नाममा घरका अरु सदस्यसगैं वस्न पठाइयो । यि र यस्ता धेरै कारण आजको दिनमा हामी र हाम्रो समाज अध्यारो भुमरीमा मडारीएको छ । को संग कोराना छ ? या को सगं छैन भन्ने कुरा अब केलाउन हम्मे भएको अवस्था छ ।

कोरोनाले सवैलाई सक्छ भन्ने कुरा देखिई सक्यो । डाक्टर देखि उच्च सुरक्षामा वसेका ठुलो ओहोदाधारीलाई पनि कोरोनाको संक्रमण भइसक्यो । त्यसैले सावधानि अपनाउन सकिएन भने समाजका कोहि पनि कोरोना देखि सुरक्षित रहन सक्दैनन् । स्थानीय सरकारका केहि अप्ठेराहरु छन् । नागरिकले मेरो मान्छे या मैले भोट दिएको मान्छेले यति कुरा फुकाईदिन्छ भनेर जस्तो सुकै काम लगाउने गर्छन । तर सुरक्षा अपनाउने सवालमा जनप्रतिनीधिले हिजो भोट हालेको भनेर माया गर्ने दिन अव छैनन् । हिजो गुनै लगाएको भएपनि अव राज्यले वनाएको निती र नियम अनुसार चल्न सक्ने हो भने केहि हद सम्म हामी सुरक्षा घेरा वनाउन सक्छौं । अप्ठेरो सवैलाई परेको छ , समस्या नभएको कुनै क्षेत्र बांकी छैन् । कतिको व्यवसाय चौपट छ, शिक्षादिक्षाका कारण बाललिकाको भविष्य अन्धकार तिर जादैछ । कतिको रोजगारी गुमेको छ । यस्तो बेलामा सवै अप्ठेराहरुलाई पचाउन सक्नुपर्छ । नत्र कोरोनाको कसैलाई छोड्दैन् ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको