रामेछाप – काठमाडौं पत्रकार समाजको अध्यक्षमा गौतम सर्वसम्मत निर्वाचित

काठमाडौं – रामेछाप – काठमाडौं पत्रकार समाजको अध्यक्षमा प्रेम गौतम सर्वसम्मत निर्वाचित भएका छन् । शंखमुलस्थित ‘एवान क्याफे एण्ड ब्याङ्क्वेट’मा शनिबार भएको पहिलो साधारण सभा तथा अधिवेशनमा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको घोषणा गरेको हो ।

समाज रामेछापबाट काठमाडौं आएर पत्रकारितामा संलग्न व्यवसायिक पत्रकारहरूको साझा संस्था हो । २०७३ साल असोज १ गते पत्रकारहरू भेला भई समाज गठनको निर्णय भएको थियो । २०७४ पुस २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको समाज तदर्थ समितिको भरमा चल्दै आएको थियो ।

समाजको उपाध्यक्षमा कमलाकुमारी बिक, महासचिवमा दीपेन्द्र गुरुङ, सचिवमा प्रज्वल पौडेल र कोषाध्यक्षमा यसिमा महत चुनिएका छन् । यस्तै सम्झना श्रेष्ठ, दुर्गा खड्का र अनिश मिजार सदस्यमा चयन भएका छन् ।

साधारण सभाले तत्कालीन महासचिवको महासचिव प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष गौतमले समाजलाई रहर लाग्दो र भरपर्दो संस्थाको रुपमा विकास गर्ने बताए ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको