महतोको संसदमा गर्जन : कुन राजेन्द्र महतोको नागरिकता खारेज गरिएको हो ?

राष्ट्रिय जनता पार्टी नेपालले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा सरकारले गैरजिम्मेवार भूमिका खेलेको आरोप लगाएका छन्।

सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली नागरिकता लिने भारतीय नागरिकको नागरिकताको खारेज गरेको सन्दर्भमा उक्त आरोप लगाएका हुन्।

‘सञ्चारमन्त्रीले राजेन्द्र महतोलगायतको नागरिकता खारेज गरेको सार्वजनिक गर्नुभयो तर कुन राजेन्द्र महतो हो? त्यो खुलाउनु भएन,’ महतोले प्रतिनिधिसभा बैठकमा भने, ‘राष्ट्रियता जस्तो संवेदनशिल विषयमा पुरै विवरण नदिएर भ्रमको खेती गर्ने काम ग¥यो, यो खेदजनक छ।’

नाम जुध्दा आफूलाई अप्ठयारो परेको जनाउँदै मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दा संवेदनशिल हुन पनि महतोले आग्रह गरेका छन्। नागरिकता खारेज हुनेको पूर्ण विवरण सार्वजनिक नगरेर सरकारले नियत खराब गरेको महतोको आरोप छ।

‘कुन व्यक्ति हो? राजेन्द्र महतो त यहाँ हजारौं छन्’ महतोको दुखेसो छ, ‘सञ्चारमाध्यमले पनि कुरै नबुझि समाचार लेखेका छन् तर पछि गृहमन्त्रालयका एक अधिकारीले अर्कै राजेन्द्र महतो भनेर स्पष्टीकरण दिएको देखियो।’ उनले सो बारेमा समयमा नै स्पष्ट जानकारी नदिदाँ आफूमाथि मानहानी भएको बताए।

एउटा व्यक्तिलाई अर्कै व्यक्तिसँग जोडेर सञ्चारमाध्यमले गैर जिम्मेवारपूर्ण भूमिका खेलेको पनि उनको गुनासो छ। ‘अब यस्तो क्रियाकलाप बन्द हुनुपर्छ, यसमा सरकारले माफी माग्नुपर्छ’ उनको माग छ। आफ्नो चरित्र हत्या गराउने उद्देश्यले अनर्गल प्रचार गरिएकोप्रति सञ्चारमाध्यमसँग उनले संसदमा रोष प्रकट गरेका छन्।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको