महतोको संसदमा गर्जन : कुन राजेन्द्र महतोको नागरिकता खारेज गरिएको हो ?

राष्ट्रिय जनता पार्टी नेपालले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा सरकारले गैरजिम्मेवार भूमिका खेलेको आरोप लगाएका छन्।

सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली नागरिकता लिने भारतीय नागरिकको नागरिकताको खारेज गरेको सन्दर्भमा उक्त आरोप लगाएका हुन्।

‘सञ्चारमन्त्रीले राजेन्द्र महतोलगायतको नागरिकता खारेज गरेको सार्वजनिक गर्नुभयो तर कुन राजेन्द्र महतो हो? त्यो खुलाउनु भएन,’ महतोले प्रतिनिधिसभा बैठकमा भने, ‘राष्ट्रियता जस्तो संवेदनशिल विषयमा पुरै विवरण नदिएर भ्रमको खेती गर्ने काम ग¥यो, यो खेदजनक छ।’

नाम जुध्दा आफूलाई अप्ठयारो परेको जनाउँदै मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दा संवेदनशिल हुन पनि महतोले आग्रह गरेका छन्। नागरिकता खारेज हुनेको पूर्ण विवरण सार्वजनिक नगरेर सरकारले नियत खराब गरेको महतोको आरोप छ।

‘कुन व्यक्ति हो? राजेन्द्र महतो त यहाँ हजारौं छन्’ महतोको दुखेसो छ, ‘सञ्चारमाध्यमले पनि कुरै नबुझि समाचार लेखेका छन् तर पछि गृहमन्त्रालयका एक अधिकारीले अर्कै राजेन्द्र महतो भनेर स्पष्टीकरण दिएको देखियो।’ उनले सो बारेमा समयमा नै स्पष्ट जानकारी नदिदाँ आफूमाथि मानहानी भएको बताए।

एउटा व्यक्तिलाई अर्कै व्यक्तिसँग जोडेर सञ्चारमाध्यमले गैर जिम्मेवारपूर्ण भूमिका खेलेको पनि उनको गुनासो छ। ‘अब यस्तो क्रियाकलाप बन्द हुनुपर्छ, यसमा सरकारले माफी माग्नुपर्छ’ उनको माग छ। आफ्नो चरित्र हत्या गराउने उद्देश्यले अनर्गल प्रचार गरिएकोप्रति सञ्चारमाध्यमसँग उनले संसदमा रोष प्रकट गरेका छन्।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको