राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मिरमा गरेको हस्तक्षेप विरुद्ध नेपाल सरकार बोल्नुपर्ने बताएकी छन्।

कस्मिरका जनताको स्वतन्त्रता खोसिएको र यो विषय भारतको मात्रै नभएर अन्तर्राष्ट्रिय विषय भएकाले यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनले बताइन्।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले भनिन्, ‘भारत सरकारले संविधानको धारा ३७० हटाएर प्रत्यक्ष शासन गर्ने निर्णय गरेको अवस्था छ। १९४८ को भारत पाकिस्तान र संयुक्त राष्ट्रसंघबीचको त्रिपक्षीय सम्झौता अनुसार उनीहरूलाई त्यहाँ जनमत संग्रह गर्ने अधिकार दिएको थियो, भारतले त्यो अधिकार हटायो।’

राजमामोकी उपाध्यक्ष समेत रहेकी सांसद पौडेलले कस्मिरका जनता भारतमा बस्ने कि पाकिस्तानमा गाभिने वा स्वतन्त्र राज्य बनाउने उनीहरुको आत्मनिर्णयको अधिकार भएको उल्लेख गर्दै भारतले त्यसमाथि हस्तक्षेप गर्न नमिल्ने बताइन्।

कस्मिरी जनताको स्वतन्त्रता हनन् हुनु गम्भीर विषय भएकाले यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने नेत्री पौडेलको माग छ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कस्मिरमा भएकाे भारतीय हस्तक्षेपविरुद्ध सरकारले विराेध गर्नुपर्ने माग गरे।उनले प्रतिपक्षमा रहँदा भारतले बनाएका बाँधका कारण तराईमा भइरहेकाे डुबानविरद्ध बाेल्ने प्रधानमन्त्री आेलीले सरकारमा गएपछि भारतीय हस्तक्षेपविरुद्ध एक शब्द बाेल्न नसकेकाे भन्दै आलाेचना गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here