रवि लामिछानेलाई २५ दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान हुने, अभियोग प्रमाणित भए ५ वर्ष जेल

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने पक्राउ परेका छन्। प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई न्युज २४ कार्यालयबाट पक्राउ गरेको हो।

पुडासैनीको मोबाइल परीक्षणपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा पत्रकार लामिछानेकै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए।

पक्राउ परेका रवि , युवराज र अस्मितालाई सँगै राखेर चितवन लगियो

चितवन जिल्ला अदालतको पक्राउ पूर्जीसहित पुगेको प्रहरीको टोलीले उनलाई समातेको हो। लामिछानेको टोलीले प्रहरीको भिडियो पनि खिचेको थियो।

लामिछानेसहित उनकै टिमका पत्रकार युवराज कडेंललाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई चितवन लगिँदै गरिएको प्रहरीले जनाएको छ।
लामिछानेमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षसम्मको जेल सजाय हुनेछ। नेपालमा आत्महत्या दुरुत्साहनको प्रावधानलाई गत वर्षको भदौ १ देखि लागू भएको नयाँ अपराध संहिताले समेटेको छ।

यस्तै, पुडासैनीसँग संगत भएकी भनिएकी अस्मिता (रुकू) कार्कीलाई समेत प्रहरीले बिहीबार बिहानै पक्राउ गरेको थियो। सामान्यतः फौजदारी आरोपमा पक्राउ गरिसकेपछि २४ घण्टाभित्र अदालतको म्याद लिई न्यायिक हिरासतमा राखिसक्नुपर्छ। प्रहरीले विद्यमान कानुनअनुसार लामिछानेलाई २५ दिनसम्मको न्यायिक हिरासतमा राखी सरकारी वकिलमार्फत् मुद्दा अभियोजन गर्नुपर्ने हुन्छ।

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको