पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने पक्राउ परेका छन्। प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई न्युज २४ कार्यालयबाट पक्राउ गरेको हो।

पुडासैनीको मोबाइल परीक्षणपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा पत्रकार लामिछानेकै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए।

पक्राउ परेका रवि , युवराज र अस्मितालाई सँगै राखेर चितवन लगियो

चितवन जिल्ला अदालतको पक्राउ पूर्जीसहित पुगेको प्रहरीको टोलीले उनलाई समातेको हो। लामिछानेको टोलीले प्रहरीको भिडियो पनि खिचेको थियो।

लामिछानेसहित उनकै टिमका पत्रकार युवराज कडेंललाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई चितवन लगिँदै गरिएको प्रहरीले जनाएको छ।
लामिछानेमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षसम्मको जेल सजाय हुनेछ। नेपालमा आत्महत्या दुरुत्साहनको प्रावधानलाई गत वर्षको भदौ १ देखि लागू भएको नयाँ अपराध संहिताले समेटेको छ।

यस्तै, पुडासैनीसँग संगत भएकी भनिएकी अस्मिता (रुकू) कार्कीलाई समेत प्रहरीले बिहीबार बिहानै पक्राउ गरेको थियो। सामान्यतः फौजदारी आरोपमा पक्राउ गरिसकेपछि २४ घण्टाभित्र अदालतको म्याद लिई न्यायिक हिरासतमा राखिसक्नुपर्छ। प्रहरीले विद्यमान कानुनअनुसार लामिछानेलाई २५ दिनसम्मको न्यायिक हिरासतमा राखी सरकारी वकिलमार्फत् मुद्दा अभियोजन गर्नुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here