काठमाडौं – नेकपाको सचिवालय बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउन माथिल्लो निकायमा प्रस्ताव लैजाने निर्णय भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकले सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रचार विभागको प्रमुख बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

नेकपाको विधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो । त्यसैका आधारमा विधान संशोधन भएपछि औपचारिकता पाउने महासचिव पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

नेकपाले टुंगो लगायो ३२ विभागको नेतृत्व, विदेश विभागमा नेपाल र स्कुलमा विभाग पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here