समायोजन रोज्ने प्रहरी कर्मचारीको दुई ग्रेड वृद्धि, बढुवा नहुने

काठमाडौं – समायोजन रोज्ने प्रहरी कर्मचारीको बढुवा नभई दुई ग्रेड वृद्धि हुने भएको छ ।

राष्ट्रियसभाको विधायन ब्यवस्थापन समितिले प्रतिनिधिसभाले दुई ग्रेड वृद्धि गरी प्रहरी कर्मचारीलाई प्रदेशमा पठाउने ब्यवस्थालाई स्वीकार गर्ने गरी प्रहरी समायोजनसम्बन्धी बिधेयकमा सहमति जुटाएको हो ।

नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नयाँ परिवेश र नयाँ संरचनामा काम गर्न जानेलाई प्रोत्साहन गर्नुपर्ने भन्दै एक तह बढुवा गरेर मात्रै प्रहरी कर्मचारीलाई प्रदेश तहमा पठाउनुपर्ने प्रस्ताव राखे । उनीसहितका केही सांसदहरुले समायोजन गर्दा एक तह बढुवा गरेर प्रहरी कर्मचारीलाई प्रदेशमा पठाउनुपर्ने माग राख्दै बिधेयकमाथी संशोधन प्रस्ताव समेत दर्ता गरेका थिए ।

तर, गृह मन्त्रालयका सचिव प्रेम राईले एक तह बढुवा गरी प्रहरी कर्मचारीको समायोजन गर्न नसकिने बताए । एक तह बढुवाको ब्यवस्था गर्दा संरचनात्मक रुपमा अप्ठ्यारो हुने र राज्यलाई आर्थिक भार थपिने उल्लेख गर्दै उनले दुई ग्रेड वृद्धि मात्र गर्नु उपयुक्त हुने बताए ।

समितिले प्रहरी कर्मचारीको समायोजनसम्बन्धी बिधेयकमाथि दफावार छलफल पनि मंगलबार सकेको छ । अब बस्ने समिति बैठकले उक्त विधेयक पारित गरी राष्ट्रियसभामा पेश गर्ने सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए ।

यस्तै, राष्ट्रियसभाको बिधायन ब्यबस्थापन समितिले ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल पनि सकेको छ । छलफलमा भाग लिँदै सांसदहरुले प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले तलब दिनुपर्ने बताएका थिए ।

‘प्रदेश सरकार आर्थिक रुपमा सक्षम भइसकेको छैन । प्रदेश आर्थिक रुपमा सक्षम नहुँदासम्म ८/१० बर्षसम्मका लागि भए पनि प्रदेश प्रहरी प्रमुखले नेपाल सरकारबाट पारिश्रमिक एवं सुविधा पाउने व्यवस्था राख्नुपर्छ’ राजपाका सांसद बृषेशचन्द्र लालले भने ।

कांग्रेस सांसद जीतेन्द्रनारायण देवले पनि राजपाका सांसद लालको भनाईलाई समर्थन गरेका थिए ।

तर, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले एउटा सरकारको कर्मचारीलाई अर्को सरकारले तलब खुवाउने विषय उचित नरहेको बताए ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको