देउवालाई नेपाल र रावलले दिए आश्वासन, भने ओली हटाउन जे पनि गर्न तयार छौं

काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्षले सरकार गठनमा केपी ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्यामा सांसदको राजीनामा गराउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ ।

मंगलवार साँझ ८ बजेदेखि ९ बजेसम्म देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा एमाले नेता माधव नेपाल र भीम रावलले देउवालाई वैकल्पिक सरकार गठनको प्रक्रियामा अघि बढ्न ढाडस दिएका छन् ।

वार्तामा सहभागी स्रोतका अनुसार देउवाले जसपाको महन्थ ठाकुर पक्ष कुनै हालतमा वैकल्पिक सरकारको पक्षमा नउभिने भएपछि आफू नचाहिने खेलमा नलाग्ने बताएका थिए ।

उनले एमालेबाट कम्तीमा १६ सांसदको राजीनामा हुनुपर्ने आशय व्यक्त गरेका छन् । नेपाल र रावलले ओलीलाई सत्ताच्यूत गर्न जति सांसदको राजीनामा चाहिने हो आफूहरू त्यसका लागि तयार रहेको बताएका छन् ।

त्यसअघि नेपाल पक्षको भर्चुअल स्थायी कमिटी बैठकमा नेताहरुबीच राजीनामाबारे कुरा मिलेको थिएन । नेताहरू घनश्याम भुसाल, योगेश भट्टराईलगायतले आफूहरु सत्ता समीकरणमा नभइ केपी ओलीलाई पार्टी एकताको लागि बाध्य पार्ने अभियानमा रहेको बताएका छन् ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको