महतोलाई दलको नेता घोषणा गरेपछि जसपामा विवाद चर्को, यादवले दिए यस्तो प्रतिक्रिया

जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरीत राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरीत बनाइएको बताए ।

उनले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले महन्थ – राजेन्द्र पक्षले आफूहरूलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरीत गर्नेलाई कारबाही गरिने पनि बताए ।

उनले भने, ‘विधानभन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुनबित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

जसपाभित्र बाबुरा भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको