रामेछाप – नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्य समितिका सचिव तथा समाजसेवी सुदर्शन थापाले रामेछापमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने बताएका छन्। उनले रामेछापमा अक्सिजन प्लान्ट स्थापना गर्ने हो भने ५१ हजार १०८ रुपैयाँ सहयोग गर्ने बताएका हुन्।
थापाले सो रकम सहयोग गर्न तयार भएको र सम्बन्धित निकायले पहल गरोस भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन्।
रामेछापमा कोरोना महामारी लगायतका अक्सिजन चाहिने बिरामीहरुको संख्या अत्याधिक आउने र अक्सिजन भर्न काठमाडौंसम्म लैजानु पर्ने बाँध्यता रहेको छ ।
अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोडदेखि २ करोड रुपैयाँसम्म खर्च लाग्नेछ ।
जिल्ला अस्पताल रामेछापले पनि अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्नको लागि बागमती प्रदेश सरकारसँग बजेटसमेत माग गरेको छ ।