नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस प्रचण्डपथमा लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीप्रति जवाफ दिएका छन् ।
सोमवार ट्वीटरमा एक ट्वीट गर्दै शर्माले उनलाई मुद्दामा मात्रै प्रचण्डसँग मिलेको भन्दै जवाफ फर्काएका छन् ।
उनले भनेका छन्, आज मुद्दामा मात्रै कांग्रेसको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिल्दा त्यो प्रचण्डपथ भयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।
उनले भनेका छन्, हिजो प्रचण्डसँग पार्टीकै `एकता’ निकै गौरवसँग गर्नुभएको थियो l आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्डसँग मिल्दा, प्रचण्डपथमा पो लाग्यो ?
ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ ! हिजो प्रचण्डसंग पार्टीकै `एकता´ निकै गौरवसंग गर्नुभएको थियो l आज मुद्दामा मात्रै कांग्रेसको कुरा @cmprachanda संग मिल्दा,
ए ~ प्रचण्डपथमा पो लाग्यो ?
`सौ चुहे खा के बिल्लि चलि हज को´ भन्ने कहावत यहाँकै लागि रहेछ नि @Pm_Nepal !
ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ ! हिजो प्रचण्डसंग पार्टीकै `एकता´ निकै गौरवसंग गर्नुभएको थियो l आज मुद्दामा मात्रै कांग्रेसको कुरा @cmprachanda संग मिल्दा,
ए ~ प्रचण्डपथमा पो लाग्यो ?`सौ चुहे खा के बिल्लि चलि हज को´ भन्ने कहावत यहाँकै लागि रहेछ नि @Pm_Nepal !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 24, 2021