बुवा गुमाएपछि आदर्शको आक्रोश : ‘मेरो बुवाले चलाएको स्कुल हेर, अनि तिम्ले चलाएको देश, लाज लाग्दैन ?’

काठमाडौं – उपचार अभावमा आफ्नो बुवा गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले आफ्नो युट्युबम भावुक भिडियो पोस्ट गरेका छन् ।

मृगौला खराब भएर फेर्नका लागि लामो समयदेखि प्रयासरत बुवा विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नुपरेको दुःख र पीडा र देशको स्वास्थ्य प्रणालीका कारण मानिसको कसरी मृत्यु भइरहेको छ भन्ने विषय समेटेर आदर्शले भिडियो पोस्ट गरेका हुन्  ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले गुणस्तरीय डायलासिस सुविधा नदिँदा धेरै बिरामीले अकालमै ज्यान गुमाउनु परेको आदर्शले बताएका छन् । एनएमसीले डायलासिसको ठेक्का नेफ्रो प्लस नामको भारतीय कम्पनीलाई दिएको जानकारी दिँदै उनले भने, ‘कसको उपचार गर्ने कसको नगर्ने भन्ने निर्णय भारतीयले गर्ने हो ?’

एनएमसीका सञ्चालक बसरुद्धिन अन्सारी असाध्यै शक्तिशाली व्यक्ति भएको बताउँदै मिश्रले सरकारले बीस प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिए नटेरेको आरोप लगाए । गतवर्ष प्रधाननत्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको सम्पूर्ण खर्च बेहोरेका अन्सारीले कलेजको शुल्क र सुविधाको विषयमा प्रश्न उठाउँदा गुन्डा लगाएर विद्यार्थी कुट्ने गरेको उनको आरोप छ ।

नेशनल मेडिकल कलेजबाट बुवालाई नारायणी उपक्षेत्रीय अस्पताल सार्दा नबिग्रेको डाइलासिस मेसिन पनि बिग्रेको र अन्य अस्पतालका बिरामीको डायलासिस नगर्ने भनिएको उनले बताए । उनले भने, ‘त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।’

आफ्नो बुवा विनोद मिश्रा इमानदार र मेहनती व्यक्तिका रूपमा स्मरण गर्दै आदर्शले अस्वस्थ हुँदाहुँदै पनि बुबाले आफू कार्यरत विद्यालयको मुहार फेरिदिएको बताए ।

‘केपी ओलीले कुर्सी छाडिदिए हुन्छ’, प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै आदर्शले भन्नुभयो, ‘डायलाइसिसका लागि स्कुटरको पछाडि बसेर हप्ताको दुईपटक मेरो बुबा अस्पताल गएका हुन्, केपी ओली होइन । मेरो बाउले चलाको स्कुल हेर र तिम्ले चलाको देश हेर । अनि लाज लाग्दै भने मलाई भन । काम गर्न दिएनन् भन्छौ ? काम गर्न मन कहाँ छ तिम्लाई ? लाज लाग्दैन ?’

मिश्राले एनएमसी र नारायणी अस्पताल मिलेर आफ्नो बुवाको जीवन खाइदिएको आरोप लगाउनुभएको छ । उनले भने, ‘एनएमसी र नारायणी अस्पतालले मिलेर खाइदिए एउटा मान्छेको जीवन । कतिजनाको खान्छन् मलाई थाहा छैन । तर, लड्न प्रयास जारी राखौं । जति जीवन बचाउन सकिन्छ, बचाऔँ ।’

आदर्शले गत केहि सातायता युट्युब र फेसबुमार्फत बुवाको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे निरन्तर अपडेट गराउँदै आउनुभएको थियो । आफ्नो नजिकको नातेदार मृगौला दानका लागि तयार हुँदाहुँदै पनि नेपालको स्वास्थ्य प्रणालीले नस्वीकारेको बताएका थिए  ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको