यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको जानकारी दिएको छ । साथै साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा एउटा न्यून चापीय प्रणाली बनेको पनि महाशाखाले उल्लेख गरेको छ ।

हाल देशभर बदली भई मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाको भनाइ छ।

आगामी २४ घण्टाको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । जसका कारण पहाडी भू–भागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले बिहीबार दिउँसो देशभर बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

बिहीबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा पश्चिमि पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना छ। यस्तै शुक्रबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ। साथै पश्चिमी पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ। साथै मध्य र पश्चिमी पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको