पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० र एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ । जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।
कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
यस्तै मृतकको संख्या ७ हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२ जनाको मृत्यु भएको छ ।