काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । सरकारमा सहभागी नभएपनि सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने केसीले बताएका हुन् ।
केसीले वक्तव्य जारी गरी गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धन लगायत सबैलाई बधाई समेत दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।’