एनसेलको लाभकरसम्बन्धी मुद्दा फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एनसेलको लाभकरसम्बन्धी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुका साथै संसदले सो आदेशको छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

उनीहरुले राजश्व असुलीका सम्बन्धमा न्यायालयले गरेको आदेश क्षेत्राधिकार बाहिरको भएको जिकिरसमेत गरे ।

बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद मोहन बानियाँले संविधान र कानुनको रक्षा गर्ने दायित्व बोकेको सर्वोच्च अदालत नै कानुनको भक्षक भएको आरोप लगाए ।

सत्तारुढ दलकै अर्का सांसद यज्ञराज सुनुवारले अदालतको फैसलाले एनसेल, यसका सन्चालकलाईमात्र नभइ फैसला गर्ने र वरपरका लागि पनि फाइदा पुगेको भन्दै संसदले आदेशको सम्बन्धमा गम्भीर छानबिन प्रक्रिया अगाडि बढाउन माग गरे ।

नेकपाकै सांसद खगराज अधिकारीले एनसेलको लाभकर कुनैपनि अवस्थामा असुली हुनुपर्ने धारणा राखे ।

यसअघि, आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले महाअभियोग लगाउन माग गरेका थिए ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको