निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेन

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको दावी गरेका छन् । अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले पुर्वाग्रहपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।

पार्टीको निर्णय अनुसार महन्थ ठाकुरलगायत केही सदस्यहरुलाई पार्टी अनुशासन सम्बन्धी कारबाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाएकोबारे आयोगको दर्ता किताबमा अध्यावधिक गर्न दिएको पत्रमा अनावश्यक निर्णय भएको भन्दै उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

​राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको आयोगको निर्णयमा सम्पूर्ण रुपले अवज्ञा गरिएको यादवको विज्ञप्तिमा उल्लेख छ । उनले आयोग आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको आरोप समेत लगाएका छन् ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४, जसपाको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बंग्याएर अपव्याख्या गरी पार्टी विधान विपरित काम गर्ने र दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजेको आरोप अध्यक्ष यादवले लगाएका छन् ।

उनले निर्वाचन आयोगजस्तो संवैधानिक निकायको निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको पनि बताएका छन् । उनले आयोगले गरेको सो कामकारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि स्पष्ट पारेका छन् ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको