निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेन

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको दावी गरेका छन् । अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले पुर्वाग्रहपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।

पार्टीको निर्णय अनुसार महन्थ ठाकुरलगायत केही सदस्यहरुलाई पार्टी अनुशासन सम्बन्धी कारबाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाएकोबारे आयोगको दर्ता किताबमा अध्यावधिक गर्न दिएको पत्रमा अनावश्यक निर्णय भएको भन्दै उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

​राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको आयोगको निर्णयमा सम्पूर्ण रुपले अवज्ञा गरिएको यादवको विज्ञप्तिमा उल्लेख छ । उनले आयोग आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको आरोप समेत लगाएका छन् ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४, जसपाको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बंग्याएर अपव्याख्या गरी पार्टी विधान विपरित काम गर्ने र दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजेको आरोप अध्यक्ष यादवले लगाएका छन् ।

उनले निर्वाचन आयोगजस्तो संवैधानिक निकायको निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको पनि बताएका छन् । उनले आयोगले गरेको सो कामकारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि स्पष्ट पारेका छन् ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको