विजयादशमीको दिन यसरी दिनुहोस् आशीर्वाद

विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दिन कतारो, वेदी तथा पूजाकोठाको भुइँमा बालुवा राखी रोपिएको जौ नौ दिनमा पहेंलो जमरा बनेको हुन्छ, त्यो कानमा सिउरिन्छ ।आफूभन्दा ठूलाबाट दशैंमा टीका जमरा थाप्दा ठूलाबडाले दुईथरी श्लोक भन्ने चलन छ । पुरुषहरूका लागि ‘आयुर्द्रोणसूते’ श्लोक उच्चारण गरिन्छ भने महिलाहरूका लागि ‘जयन्ती मंगला काली’ श्लोक उच्चारण गरिन्छ । पूर्ण श्लोक र त्यसको अर्थ तल दिइएको छ :


आयुर्द्रोणसूते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसूते बलं हलधरे सत्यञ्च कुन्तीसूते
विज्ञानं विदूरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

अर्थ : द्रोणका छोरा अश्वत्थामाको जस्तो लामो आयु, भगवान् रामका पिता दशरथको जस्तो श्रीसम्पत्ति, भगवान् रामको जस्तो शत्रुपराजय, राजा नहुषको जस्तो ऐश्वर्य, पवन देवताको जस्तो तीव्र गति, दुर्योधनको जस्तो अभिमान, सूर्यका छोरा कर्णको जस्तो दानवीरता, हलधर भगवान् (कृष्णका दाइ बलराम)को जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यनिष्ठा, धृतराष्ट्रका मन्त्री विदूरको जस्तो ज्ञान, भगवान् नारायणको जस्तो यशकीर्ति तपाईंले प्राप्त गर्नुहोस् ।

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

अर्थ : जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ ।

जयन्ती भन्नाले विजयशालिनी, मंगला भन्नाले भक्तहरूको जन्ममरणरूपी बन्धनलाई नष्ट गर्ने, काली भन्नाले प्रलयकालमा सबैलाई खाने, भद्रकाली भन्नाले भक्तहरूलाई सुख प्रदान गर्ने, कपालिनी भन्नाले हातमा नरमुण्ड धारण गर्ने, दुर्गा भन्नाले कठोर तपबाट बल्लबल्ल प्राप्त हुने, क्षमा भन्नाले करुणामय हुनाले भक्तहरूको अपराध क्षमा गर्ने, शिवा भन्नाले सबैको कल्याण गर्ने, धात्री भन्नाले सम्पूर्ण प्रपञ्चलाई धारण गर्ने, स्वाहा भन्नाले यज्ञभाग ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने अनि स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकारेर पितृहरूलाई पोषण गर्ने देवी भनी बुझिन्छ ।

यसरी दशमीका दिन उच्चारण गरिने यी श्लोकहरूमा सुखमंगलको आशीर्वाद निहित हुन्छ । यस्ता आशीर्वचनले अग्रजको अनुजप्रतिको स्नेह दर्शाउँछ अनि अनुजको अग्रजप्रतिको श्रद्धा झल्काउँछ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको