पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार र सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटनमा उनले नेपालका पत्रकारहरुमा दम्भ र अहंकार बढ्दै गइरहेको भन्दै पत्रकारहरुले जन्म दिने आमाबाबुलाई समेत तपाईं भन्दैनन् भन्ने आरोप लगाएका हुन् ।

उनले पत्रकारले सम्मानपूर्ण व्यवहार गर्न छाडेको टिप्पणी गरे । पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको आरोप उनको छ ।

सञ्चारमाध्यममा प्रयोग भएका भाषाप्रति असन्तुष्ट प्रधानमन्त्री ओलीले भाषा र संस्कृति नबिर्सन सचेत गराए । सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उनले कटाक्ष गरे ।

उनले भने,‘सभ्यताका पर्खालहरू बागमतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् । तिमीभन्दा माथि उठेर । यो एउटा ट्रेन हो । किनभने अंग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरू ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । सानालाई तिमी भन्ने ठूलालाई तपाईं भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ।’

कार्यक्रममा उनले नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भए पनि अझै पनि थिति नबस्दा ‘धङधगीहरू’ कायमै रहेको टिप्पणी गरे ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको