हरियो तरकारीको भाउ अचाक्ली वृद्धि , १० दिनको अवधिमा ९८ प्रतिशत सम्म वृद्धि

काठमाडौं – पछिल्लो समय बजारमा हरियो तरकारीको भाउ अचाक्ली बृद्धि भएको छ ।

कालीमाटी तरकारी बजारमा १० दिनको अवधिमा नै तरकारीको भाउमा ९८ प्रतिशत सम्म वृद्धि भएको पाइएको छ ।

हरेक वर्ष चाडपर्वको समयमा तरकारी आवाश्यक मात्रामा भित्रिन नसक्दा भाउ आकासिने गरेको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार काठमाडौंमा दैनिक ८ सय टनसम्म तरकारी खपत हुने गर्छ तर अहिले दैनिक ४ सय टन सम्म मात्रै भित्रिने गरेको छ ।

कात्तिक ५ गते र १५ गतेको तथ्याकं विश्लेषण गर्दा पनि १० दिनको अवधिमा तरकारीमा ९८ प्रतिशत सम्म मुल्य वृद्धि भएको छ

कात्तिक ५ गते ७८ रुपैँया प्रतिकेजी रहेको गोलभेँडा कात्र्तिक १५ गते सम्म आईपुग्दा मुल्यमा ९८ प्रतिशले वृद्धि भई १ सय ५५  पुगेको छ ।

यस्तै परबलमा ६८ प्रतिशले वृद्धि भई ५८ रुपैयाँ प्रतिकेजीबाट ९८ रुपैँया पुगेको छ भने सिमि ४८ रुपैयाँबाट बढेर ७८ रुपैयाँ पुगेको छ जुन ६२ प्रतिशत वृद्धि हो ।

कम मात्रामा तरकारी तथा फलफुल भित्रिदा उपत्यकामा तरकारीको भाउ आकासिएको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिका निर्देशक विनय श्रेष्ठको भनाई छ । व्यापारीहरु पनि यस समयमा तरकारीको आयातमा कमी आउदा वर्षेनी तरकारीको भाउ बढ्ने गरेको बताउछन् ।

वर्षेनी हरेक चाडपर्वका समयमा तरकारीको भाउ आकासिने गरेको छ । तर सरकारले कुनै चिस्यान केन्द्र बनाएर तरकारी भण्डारण गर्ने व्यवस्था तर्फ भने ध्यान दिएको पाईदैन ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको