आलमको पक्षमा वकालत गर्दै वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले गरे यस्तो तर्क

अफ्ताव आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस आलम पक्षले गरेका छन्।

त्यस्तो कोसिसमा नेपालका नाम चलेका वरिष्ठ वकिलहरु नै लागेका छन्।

नेपाल बार एसोसियसनका तीन पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी, पूर्व महासचिवद्वय रमन श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताको शक्तिको प्रदर्शन गरेर रौतहटका जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा पार्ने रणनीति आलमले लिएका छन्।

पीडित र साक्षीलाई अपहरण गरेर बयान फेर्न लगाउने क्रम पनि जारी छ।

आलमको पक्षमा वकालतनामा लेखाएका पूर्वमहान्यायाधिवक्ता तथा वारका पूर्व महासचिव वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसँगको अन्तर्वार्ता आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

घरमा बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई उपचार गर्नुको सट्टा जिउँदै इँटाभट्टामा हालेर खरानी बनाएको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताब आलमको पक्षमा पैरवी गर्न तपाईंजस्ता वरिष्ठ अधिवक्ताहरू लाइन लागेर रौतहट गइरहनुभएको छ । यस विषयमा समाजले प्रश्न गरेको छ, तपाईंको प्रतिक्रिया के छ?

तपाईंले यस्तो प्रश्नै गर्न नमिल्ने हो । तपाईंलाई म उदाहरण दिन्छु, एउटा डाक्टरको काम बिरामीको उपचार गर्ने हो । म फलानो बिरामीको उपचार गर्छु, अर्कोको गर्दिनँ भन्न पाउँछ कि पाउँदैन? बिरामीले उपचार पाउनुपर्छ नि । त्यो डाक्टरको व्यावसायिक धर्म हो ।

तर, उदाहरण अलि मिलेन अधिवक्ताज्यू । कुनै मान्छे बिरामी भएको छ, रोगले पीडित भएको छ भने उसले उपचार पाउनुपर्‍यो । त्यसमा डाक्टरले भेदभाव गर्न मिल्दैन । मोहम्मद अफ्ताब आलम पनि पीडित भएको भए उनले कानुनी सहयोग पाउनुपर्थ्यो । के उनी आफैं पीडित हुन् भन्ने अवस्था छ? अहिले प्रकट भइरहेका प्रमाणहरूले पनि त्यसै भन्छ? उनीमाथि अन्याय नै भएको हो भन्ने लाग्छ सरलाई?

अन्याय र न्यायको त कुरै भएन नि । एउटा अपराधी नै रहेछ भने पनि उसले आफ्नो भनाइ त राख्न पाउनुपर्छ नि । संविधान हेर्नुभएको छ नि? के भन्छ संविधानले रु कुनै व्यक्तिले आफैं वकिल राख्न सकेन भने अदालतले राखिदिनुपर्छ भन्ने व्यवस्था छ।

जसले वकिल राख्न सक्दैन, अदालतले नै राखिदिने व्यवस्था छ । त्यो ठीक हो । तर, मोहम्मद अफ्ताब आलमको अवस्था त्यही हो?

तपाईंले मैले भनेको कुरा बंग्याउनुभयो । सुन्नुस् न, सम्बन्धित मान्छेले वकिल राख्न सकेन भने पनि अदालतले राखिदिन्छ भनेको हुँ ।

तर, उहाँले वकिल राख्न नसकेर तपाईंहरूलाई खोज्नुपर्ने अवस्था आएको त होइन नि?

कसैले राख्न सकेन भने अदालतले राखिदिन्छ, राख्न सक्नेले त राखिहाल्छ नि । व्यावसायिक कुरा एकातिर छ, तपाईं अर्कै कुरा गरिरहनुभएको छ । आदर्शको कुरा गरिरहनुभएको छ । हाम्रोमा त मान्छेहरूले देउताभन्दा पनि ठूला कुरा गर्छन्।

तर, स्पष्ट के छ भने बम विस्फोटलगत्तै नेपाल मानवअधिकार आयोग र नेपाल बारको टोली घटनास्थलमा गएको थियो । घाइतेलाई जिउँदै इँटाभट्टामा हालिएकाले यो विषयमा अनुसन्धान गर्नुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ भनेर थप छानबिनको माग गरेको थियो । तपाईं त्यतिखेर बारको महासचिव हुनुहुन्थ्यो । मान्छे इँटाभट्टामा हालेर जलाइयो भनेर अनुसन्धानको माग गर्ने पनि तपाईं । होइन आलम त निर्दोष हुन् भन्ने पनि तपाईं ।

तपाईं व्यावसायिक कुरा गर्नुस्, दशथरी कुरा नगर्नुस्। आ–आफ्नो ‘लिमिटेसन’ सबैले बुझेका छन् । मैले पनि आफ्नो ‘लिमिटेसन’ बुझेको छु। हरेक विषयलाई राजनीतिसँग जोड्नुहुँदैन । तपाईंले म यसको समाचार लेख्छु, उसको लेख्दिनँ भन्न पाउनुहुन्छ? हाम्रो व्यवसाय पनि त्यस्तै हो ।

हामीले समाचार त सबैको लेख्छौँ, तर जघन्य अपराध गर्ने र पीडित दुवै बराबर हुन् भनेर लेख्दैनौँ ।

समाचार तपाईं आफ्नो हिसाबले लेख्नोस् न, तर मसँग व्यावसायिक कुरा गर्नुस् । हामीलाई मन लागेको मुद्दामा लड्छौँ, नलागेको लड्दैनौँ । यसमा दायाँबायाँ कुरै छैन।

तर, नेपाल बार एसोसिएसनले जसमाथि छानबिन गर्नुपर्छ भनेको थियो, त्यही मान्छे निर्दोष हो भनेर तपाईं आफैं उभिनु कति जायज हो?

बारले आफ्नो काम गर्छ, हामीले आफ्नो काम गर्छौँ । बार र व्यवसाय भनेको एउटै कुरा हो र?

कानुनका ज्ञाताहरूबीच एउटा भनाइ छ– ‘डक्ट्रिन अफ एप्रोवेट एन्ड रिप्रोवेट ।’ एउटै मुद्दामा एकजनालाई दोषी भन्ने र फेरि त्यही व्यक्तिलाई त्यही मुद्दामा निर्दोष भन्ने । यसरी दोहोरो फाइदा लिनेहरूलाई परिभाषित गर्न यो ‘डक्ट्रिन’ बनेको हो । तपाईंहरूको प्रवृत्ति यस्तै देखिन्छ नि?

एप्रोवेट एन्ड रिप्रोवेट भनेको म बुझ्दै बुझ्दिनँ, त्यो भनेको के हो नेपालीमा भन्नोस् ।

यो भनेको एउटै मुद्दामा दुईतिरबाट फाइदा लिनु हो । पक्षबाट पनि फाइदा लिने, विपक्षबाट पनि फाइदा लिने प्रवृत्तिलाई कानुनका ज्ञाताहरूले यसै भन्छन् नि।

एउटै मुद्दामा म पक्षबाट र विपक्षबाट पनि मुद्दा लडेको देख्नुभएको छ? सुन्नुभएको छ?

बारको महासचिव हुँदा रौतहटमा जघन्य अपराध भयो भनेर छानबिन समिति बनाउने र सामाजिक प्रतिष्ठा कमाउने, फेरि कानुन व्यवसायीका रूपमा त्यही आरोपीको पक्षमा मुद्दा लड्ने । दोहोरो प्रवृत्ति देखियो नि होइन?

बारले के गरेको छ भन्ने कुरा उसैले जानोस् । त्यहाँ पदाधिकारी छन्, उनीहरूलाई नै सोध्नोस् ।

तर, तपाईं आफैं महासचिव हुँदा भएको निर्णय कसलाई सोध्ने?

त्यो १२ वर्षअगाडि, १५ वर्षअगाडि भएको कुरा सोधेर मलाई कसरी थाहा हुन्छ? बारमा पदाधिकारी छन्, उनैलाई सोध्नोस् ।

तर, तपाईं पूर्वमहान्यायाधिवक्ता, बारको पूर्वमहासचिव, सामाजिक प्रतिष्ठा र उत्तरदायित्व अवश्य छ । यो सबै बिर्सेर जघन्य अपराधको आरोप लागेका आलमको पक्षमा उभिन असजिलो भएको छ कि छैन?

फेरि तपाईंले त्यही कुरा सोध्नुभयो । सामाजिक प्रतिष्ठा छाडिदिनुस् न, मान्छेको व्यवसायको कुरा गर्नूस् ।

आलमका वकिलहरूले बहस मात्र गरिरहेका छैनन्, सरकारी साक्षीलाई बयान फेर्न लगाएका छन् । आलमका मान्छेले कब्जामा लिने र वकिलले झुटो निवेदन लेखिदिने गरेका छन् । यसरी जबर्जस्ती बयान फेर्न लगाउनु त कानुनमाथिको पनि अपराध हो नि ।

यो काम जसले गरेको हो, उसैलाई सोध्नुस् । यो विषयमा मलाई जानकारी छैन । मलाई मेरो काम गर्न दिनुस्, मैले नसोचि बहसमा नाम लेखाएको छैन।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको