१३ औं साग आजदेखि, यसरी हुँदैछ भव्य उद्घाटन

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज (आइतबार) दशरथ रंगशालामा हुँदैछ ।

सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुँदैछ ।

दुई संस्करणको साग यसअघि नै सफलतासाथ सम्पन्न गरेको नेपाल तेस्रो सागलाई भव्य पार्ने योजनामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव तथा आयोजना समितिका संयोजक रमेश कुमार सिलवाल बताउँछन् ।

सागको उद्घाटनका लागि दशरथ रंगशाला सिंगारिएको छ। मैदानको हरियो दुबो, एथलेटिक्स ट्रयाकको रातो रंग, राता, पहेंलो निलो, हरियो रंगका प्यारापिटका सिट, चारैतिर टाकिएको प्यारापिटको छानो लगायतले यतिबेला रंगशालाको सुन्दरता बढाएका छन्।

उद्घाटनका लागि जसरी रंगशाला सजिएको छ त्यसैगरी काठमाडौंका विभिन्न चोक तथा पाटीहरु सिंगारिएका छन्। पहिलो र आठौं साग आयोजना गरेको काठमाडौं तेह्रौं सागलाई अविष्मरणिय बनाउने योजनामा छ।

सागको उद्घाटनमा १५ हजार जनाको प्रस्तुति रहने राखेपले जानकारी दिएको छ। जसमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, विद्यार्थी, झाँक्री र कलाकारहरु रहेका छन्।

१५ हजारमध्ये ४ हजार ५ सय सशस्त्र प्रहरी, १ हजार ५ सय नेपाली सेना, १ हजार ५ सय नेपाल प्रहरी, ३ हजार विद्यार्थी, ४ हजार झाँक्री समुहको प्रस्तुति रहने छ । त्यस्तै उद्घाटन कार्यक्रममा ३ सय व्यवसायिक कलाकारले नेपाली कला सस्कृती झल्काउने गरी प्रस्तुति देखाउँनेछन् ।

सागको उद्घाटन शर्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । कीर्तिमानी खेलाडी दिपक बिष्टले दिप प्रज्वलन गर्नेछन् भने सागका स्वर्णधारी कमल बहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्नेछन्।

साग भरका लागि २२ हजार जनाले खेलाडी अफिसियल तथा प्रशिक्षकहरुलाई सुरक्षा प्रदान गर्ने शनिबारको नियमित पत्रकार भेटघाटमा सदस्य सचिव सिलवालले बताए ।

सागको उद्घाटनमा आउने तथा सडकको यातायात सहज होस् भन्ने उदेश्यले सरकारले राजधानीमा आइतबार बिजोर नम्बरका सवारीसाधनको प्रयोग गर्न भनेको छ।

सागका लागि दशरथ रंगशालमा खेल हेर्न वा उद्घाटनमा आउनेले टुडिखेलमा आफ्नो सवारी पार्क गर्न पाउने राखेपले यसअघि नै जानकारी दिईसकेको छ।
दिउँसो ५ बजे शुरु हुने उद्घाटन कार्यक्रम ३ घण्टा १४ मिनेटको हुनेछ ।

यो साग काठमाडौंमा मात्रै उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि आयोजना हुनेछ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको