ओलीमाथि फेरि खनिए माधव नेपाल, एमाले जिल्ला अधिवेशनबारे गरे यस्तो टिप्पणी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार स्वीकार गरिसकेको बताएका छन्। नेपालले नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘आज तपाईंहरुले केपी ओलीको एउटा भाषण सुन्नुभयो होला। भाषणमा उनले राष्ट्रिय सभाको निर्वाचनमा हाम्रो पराजय निश्चित छ भनेर भने। हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘तर, कसरी स्वीकार गरे होलान, त्यो दम्भी स्वभावले त दिँदैन।’

ओलीले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने परिपाटीले नेतृत्व स्थापित नहुने पनि नेपालले टिप्पणी गरे। ‘त्यहाँ कुनै नीति पद्धति छैन। नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने। देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरी पूजक र भजनमण्डली मात्रै बस्ने प्रवृति छ,’ उनले भने।

‘निरकुंश सत्तालाई हिजो पनि चुनौती दिएका थियौं। अहिले पनि पार्टी कब्जा गर्नेको पार्टी सत्ता र सरकार कब्जा गरेको सरकारी सत्तालाई हटाएका छौं,’ उनले भने।

ओलीले सरकारमा हुँदा पार्टीमा लोकतान्त्रिक मूल्यमान्यतालाई धुजाधुजा पारेकापछि विद्रोह भएको नेपालको भनाइ छ।नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको