ओलीमाथि फेरि खनिए माधव नेपाल, एमाले जिल्ला अधिवेशनबारे गरे यस्तो टिप्पणी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार स्वीकार गरिसकेको बताएका छन्। नेपालले नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘आज तपाईंहरुले केपी ओलीको एउटा भाषण सुन्नुभयो होला। भाषणमा उनले राष्ट्रिय सभाको निर्वाचनमा हाम्रो पराजय निश्चित छ भनेर भने। हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘तर, कसरी स्वीकार गरे होलान, त्यो दम्भी स्वभावले त दिँदैन।’

ओलीले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने परिपाटीले नेतृत्व स्थापित नहुने पनि नेपालले टिप्पणी गरे। ‘त्यहाँ कुनै नीति पद्धति छैन। नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने। देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरी पूजक र भजनमण्डली मात्रै बस्ने प्रवृति छ,’ उनले भने।

‘निरकुंश सत्तालाई हिजो पनि चुनौती दिएका थियौं। अहिले पनि पार्टी कब्जा गर्नेको पार्टी सत्ता र सरकार कब्जा गरेको सरकारी सत्तालाई हटाएका छौं,’ उनले भने।

ओलीले सरकारमा हुँदा पार्टीमा लोकतान्त्रिक मूल्यमान्यतालाई धुजाधुजा पारेकापछि विद्रोह भएको नेपालको भनाइ छ।नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए।

सिफारिस

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ। चिनियाँ दूतावासको आयोजनामा भएको ‘चाइना–नेपाल स्प्रिङ फेस्टीभल गाला एट पोखरा’ नाम दिइएको...

राजन रोकायले जिते प्रधानसेनापति खुला म्याराथनको उपाधि (तस्वीरहरू)

काठमाडौँ – नेपाली सेना को २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा काठमाडौँमा आयोजित ११ औँ संस्करणको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

धेरै पढिएको