आइजीपीको कार्यवधि थप्ने हल्ला हल्लामै सिमित, ज्ञवाली आइजीपी हुने पक्का

काठमाडौं – अन्ततः प्रहरीमा ३२ वर्षे बनाउने र आइजीपीको कार्यवधि थप्ने हल्ला हल्लामै सिमित भयो । २९ माघबाट आइजीपी सर्वेन्द्र खनाल अवकाश पाउँदा उनका ब्याची तीन एआइजीपी र १७ डिआइजी घर जाँदैछन् । ३२ वर्ष बनाएर भएपनि आइजीपी बन्ने पुष्कर कार्कीको उद्देश्य पूरा हुन सकेन । खनालले थप छ महिना आइजीपी बनेर प्रहरी नेतृत्व लिने इच्छा राखेपनि प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् ।

अबको आइजीपीको कार्यकाल पाँच महिनामात्र भएको र दुईजना मात्र प्रतिष्पर्धी भएकाले खासै चासो भइरहेको छ । डिआइजी वरियतामा आफ्नो ब्याचीमा अग्रपंक्तिमा रहेका ठाकुर ज्ञवाली आइजीपी हुने निश्चितप्रायः छ । उनलाई आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आइजीपी नियुक्त गर्ने तयारी अगाडि बढिसकेको छ । त्यसपछि उनका ब्याचीमध्येबाट एआइजीपी बनाइनेछ । तर, त्यसपछिका ब्याचीबाट एआइजीपी बन्ने प्रयास शुरु भइसकेको छ ।

ज्ञवालीको ब्याचीपछि आइजीपी बन्नेले झण्डै दुई वर्ष नेपाल प्रहरीको कमान्ड गर्नेछ । जसमा शैलेश थापा क्षेत्री र हरि पाल मुख्य प्रतिष्पर्धी छन् । यी दुईमध्ये जसले एआइजीपी बन्ने मौका पाउँछ उही भावी आइजीपीको दौडमा अगाडि भइहाल्छ । त्यसैले पनि अहिले देखि नै थापा र पालबीच दौड चलेको छ । यस्तै अवस्था रहेमा थापा आइजीपी बन्ने निश्चितप्रायः भइसकेको छ । अख्तियारबाट गृहमन्त्रालयमा महेश्वर न्यौपानेको सरुवाले शैलेश थापा क्षेत्रीलाई लाभ पुगेको छ । दुवैको गृहजिल्ला भक्तपुर हो । तर, पाल नेपाल प्रहरीमा निकै खेल्न सक्ने उच्च प्रहरी अधिकृतका रुपमा परिचित छन् । उनले धेरै प्रतिष्पर्धीलाई उछिन्दै दुई नम्बर वरियतामा डिआइजी बढुवा हुन सकेका थिए । यसकारण पनि पाललाई पछाडि पार्न शैलेश थापा क्षेत्रीलाई ठूलो चुनौती छ ।

थापा र पालका ब्याचीका निरज शाही र प्रद्युम्न कार्की पनि प्रतिष्पर्धीमध्येका हुन् । तर, टाढा कार्की डिआइजी बढुवामा पछि परिसके । यसकारण पनि उनलाई आउँदो वर्ष आइजीपी बन्न कठिन भइसकेको छ । शाही सरल र चलखेल नगर्ने स्वभावका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । बरु उनीहरुभन्दा पछिल्लो ब्याचका विश्वराज पोखरेल निकै चलाख प्रहरी अधिकृत मानिन्छन् । आफूभन्दा माथिल्लो ब्याचीलाई समेत पछि पार्दै पोखरेल डिआइजी बनेका थिए । उनी यही नियमावली अनुसार भविष्यमा छोटो समयका लागि आइजीपी बन्नेछन् । तर, पाँच महिनापछि नै आइजीपी बन्ने दौडमा पोखरेल लागिसकेका छन् । शैलेश थापा क्षेत्री र हरि पालको ब्याचीसँगै आफूपनि आइजीपीको प्रतिष्पर्धीका रुपमा उभ्याएका छन् ।

वर्तमान आइजीपी खनालले शैलेश थापालाई बढी रुचाएको देखिएकै हो । थापा आइजीपीको सचिवालयमा बसेर दुईपटक प्रवक्ता भए । विश्वराज पोखरेल पनि आइजीपी नजिक रहेर काम गरे । हरि पाल एक्सनमा जानसक्ने प्रहरी भएकाले आइजीपीले रुचाएकामा पर्छन् । तर, उनलाई धेरै नजिक राखेर काम गरेनन् । आफ्नो स्वभाव अनुसार आइजीपी खनालले सरल स्वभावकालाई नजिक राखेर काम गरे । खरो स्वभावकालाई भने टाढा पारेको विषय प्रहरीमा चर्चाको विषय बन्ने गरेको छ । अब हुने आइजीपी बढुवामा वर्तमान आइजीपीको कुनै न कुने भूमिका हुने नै भयो । त्यसपछि बन्ने आइजीपीमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ ।

यसैगरी, आइजीपी खनालले सेवानिवृत्त हुनुअघि कसैलाई नचिढ्याउने नीति बनाए । उनी सरुवा बढुवामा सक्रिय भएका छैनन् । सरुवा संशोधन मात्र गरे । खाली रहेको डिआइजी, एसएसपी र एसपी बढुवामा संलग्न रहेनन् । अब हुने आइजीपीले नै यसको टुंगो लगाउने गरी छाडिदिने बुझिएको छ ।- विमर्श साप्ताहिकबाट

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको