गृहसचिव न्यौपानेद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण, दिए यस्तो निर्देशन

काठमाडौं – गृहसचिव महेश्वर न्यौपानेले बिहीबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्  । सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका काम कारवाहीबारे जानकारी समेत लिएका थिए ।

उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर लगायतको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा गृहसचिव न्यौपानेले कमाण्ड सेन्टरबाट ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिए ।

निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनको क्रममा मुलुकमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यका साथै आतकंवाद एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण, अपराध न्यूनिकरण लगायतका गतिविधिहरुमा नेपाल प्रहरी प्राप्त म्यान्डेट अनुसार क्रियाशील रहेको चर्चा गर्दै समाजका विकृति निर्मूल गर्न थप उत्प्रेरित भएर जिम्मेवारी बहन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रहरी कर्मचारीहरुले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिबिम्ब प्रस्तुत गर्ने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भन्नुभयो, ‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिका जस्ता कुराहरु थप मर्यादित, सभ्य र सुसंस्कृत हुनुपर्छ ।’ संगठनको शिर झुकाउने प्रवृत्तिविरुद्ध सबै एकतावद्ध भई लाग्नुपर्नेमा जोड दिँदै उहाँले संगठनको नीति विपरित कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कानूनी दायरामा ल्याईने बताए  ।

नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी अनुरुप अपराध नियन्त्रणका साथै समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न निभाएको भूमिका एवं योगदानको उच्च मूल्याङ्कन गर्दै गृहसचिव न्यौपानेले संगठनको सुधारको लागि सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुले आ-आफ्नो क्षमता अनुसार जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । काममा थप प्रभावकारिता, उपलब्ध साधनस्रोत व्यवस्थापनमा चुस्तता कायम गर्दै चौकीदेखि उच्च तहसम्म समन्वयात्मक रुपमा कुशलतापूर्वक अगाडि बढ्नुपर्ने उनले चर्चा      गरे  । नेपाल प्रहरी संगठनलाई अझै सुसज्जित र क्षमतावान बनाउँदै प्रहरी कर्मचारीहरुको वृत्तिविकास एवं क्षमता अभिवृद्धि गर्ने काममा नेपाल सरकार तथा गृह मन्त्रालय सदैव क्रियाशील रहने उनले उल्लेख गरे  ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सफल बनाउन नेपाल प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी संगठनलाई उत्कृष्ट संस्थाका रुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको कार्यशैली, निष्पक्षता र व्यवसायिकताले राज्यको शान्ति सुव्यवस्था र कानून कार्यान्वयनको अवस्था प्रतिबिम्बित गर्ने चर्चा गर्दै नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाह गर्ने संगठनको नीति रहेको उनले उल्लेख गरे  ।

महिला हिंसा र संवेदनशील वर्गविरुद्ध हुने जुनसुकै कसूरलाई कानुनी दायरामा ल्याउन शून्य सहनशिलताको नीतिलाई संगठनले अक्षरस कार्यान्वयन गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीको मनोबल र उत्प्रेरणाले संगठन विकासको लागि सामूहिक भावना सहित राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह गर्न सबै परिचालित हुने बताए ।

उक्त अवसरमा गृहसचिव न्यौपाने समक्ष प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको संस्थागत परिचय र विकासक्रम, श्रोत साधनको व्यवस्थापन, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान, प्रहरी कार्यमा प्रविधिको प्रयोग, सूचना तथा संचार प्रविधिको विस्तार, नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट भई प्राप्त गरेका सम्मानका विषयहरु, नीतिगत व्यवस्थापन, प्रहरीको अन्तर्राष्ट्रिय समन्वय र सुरक्षा, अपराध अनुसन्धानमा प्राप्त उल्लेखनीय उपलब्धी, समुदाय-प्रहरी साझेदारीका उपलब्धी, सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतिहरु, भौतिक पुर्वाधार र साधनस्रोतको अवस्था लगायत नेपाल प्रहरीको भावी रणनीति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

 

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको