के मासु खाँदैमा कोरोना सर्छ ?

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण बजारमा विभिन्न हल्ला र भ्रम फैलिरहेको छ । जसले खाद्यान्नको पनि कमी गराइरहेको छ ।

महामारीको त्रासका कारण मानिसले कोरोनाप्रभावित देशबाट आएका खाद्यान्न खरिद गर्न छोड्नुका साथै घरबाहिर खानसमेत बन्द गर्ने क्रम छ । यस्तै, डरले कतिपयमा मासुजन्य खानेकुराको सेवन गर्नुहुँदैन भन्ने कुरा फैलिरहेको छ । धेरै मानिस शाकाहारी भोजनतर्फ अग्रसर भएका छन् । तर, के यो सुरक्षित तरिका हो ? आउनुहोस् जानौँः

 

 

–मासुजन्य खानेकुरा नखाँदैमा कोरोनाबाट बच्न सकिने भने होइन । यो भाइरस श्वासप्रश्वासबाट हुने संक्रमण हो, जुन हावाबाटै सर्छ । मासुजन्य खानेकुरामा यो भाइरस बस्छ भन्ने कहीँ पनि पुष्टि भएको छैन । कोभिड–१९ सुरुमा चीनको वुहानस्थित पोल्ट्री फार्मबाट आयो भन्दैमा मांसाहारी भोजन, डेरीका खानेकुरा खान बन्द गर्नुपर्छ भन्ने छैन ।

–यद्यपि, मासुजन्य खानेकुरा सेवन गर्दा त्यो राम्ररी पाकेको भने हुनुपर्छ । कम्तीमा पनि आधा घन्टा पकाउँदा भाइरस निम्त्याउने अधिकांश कीटाणु मरिसक्छन् । यो तरिका सार्स भाइरसलाई निर्मूल पार्न पनि प्रयोग भएको थियो ।

–भारतका सरुवारोग विशेषज्ञ डा। लक्ष्मण जेसानीका अनुसार कुनै पनि खानेकुरा आफैँमा असुरक्षित हुँदैनन् । त्यसलाई पकाउने तौरतरिकामा सावधानी अपनाए पुग्छ । उनका अनुसार कोरोना भाइरस ‘होस्ट’को माध्यमबाट मात्रै संक्रमण हुने हो, खानेकुराका माध्यमबाट बढ्न सक्दैन । हालसम्म खानेकुराबाट भाइरस सरेको या कुनै पनि प्रकारको संक्रमण भएको तथ्य फेला परेको छैन ।

–शाकाहारी भोजन गर्नु आफैँमा सुरक्षित जीवनशैली हो । तर, मासुजन्य खानेकुरा खाँदा केही सावधानी अपनाउनुपर्छ । राम्ररी पखालेपछि र गल्ने गरी पकाएर खान सकिन्छ । त्यसमा डर मान्नुपर्दैन । काँचो फलफूल र तरकारी खाँदा पनि स्वच्छ तरिका अपनाउनुपर्छ । यो अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म वधशालावरिपरि नजानु नै राम्रो हो । इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका निर्देशक डा। रन्दीप गुलेरियाले पनि यसमा सहमति जनाएका छन् । उनका अनुसार मासुजन्य खानेकुराले खतरा बढाउने होइन । सामान्य सावधानी हरेक विषयमा अपनाउनुपर्ने बताउँदै नचाहिने अफवाह नफैलाउन उनको आह्वान छ ।

–यदि घरबाहिर भोजन गर्दै हुनुहुन्छ भने त्यहाँ अपनाइने सरसफाइ र स्वच्छतामा आफूले पनि अनिवार्य ख्याल गर्नुहोस् । कोरोना भाइरस खानाका माध्यमबाट नसरे पनि खानेकुरा खानेक्रममा टेबल या प्लेट छुँदा भने सावधान हुनुपर्ने हुन्छ । टेबल, भाँडाकुँडा, प्लास्टिक, मेनुकार्ड, चम्चालगायतका वस्तु बारम्बार छोइएका हुन्छन् । यी वस्तु समातेपछि आफूले पनि साबुनपानीले हात धोइहाल्ने गर्नुपर्छ ।

नयाँपत्रिका

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको