भारतको श्रीकालहस्ती र तिरूपति बालाजी मन्दिर पुग्दा जे देखियो (तस्वीरहरू)

२०८१ असारमा २ दिनको विदा लिएर भारतको आन्द्रा प्रदेशको तिरूपति सहर नजिकै अवस्थित हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र २ ठुला शक्तिपिठहरू श्रीकालहस्ती मन्दिर र तिरूपति बालाजी मन्दिरको दर्शन गर्ने अवसर जुर्यो । असारको २६ र २७ गते को यो यात्रामा २७ गते परेको मेरो जन्मदिनले गर्दा झनै विशेष रहन गयो । भारतको तेलंगना राज्य सिकन्दरावाद रेलवे स्टेशनबाट बेलुका ७:३० को ट्रेनमा हामी ५ जना सहयात्री श्रीकालहस्ती स्टेसन तर्फ लाग्यौ । १० घण्टाको यात्रापछि बिहानीको सुर्यदयसंगै रेलवे स्टेशनबाट १० मिनेटको दुरी नजिकै रहेको मन्दिरमा हामी पुग्यौं । मन्दिर नजिकै रहेक‍ो रहेको श्रीकालहस्ती वसवि नित्य अन्ना सन्तर्पण परोपकारी संस्थामा सामान राखेर स्नानपछि हामी नजिकै रहेको मन्दिरमा हामी पौराणिक पोसाक धोतीमा राहु र केतुको पुजापाठका लागि निस्कियौं ।

श्रीकालहस्ती :
यो एउटा शिव मन्दिर हो। यो मन्दिर पेन्नार नदीको शाखा स्वर्णमुखी नदीको किनारमा अवस्थित छ र यसलाई कालहस्ती पनि भनिन्छ । दक्षिण भारतमा अवस्थित भगवान शिवको तीर्थस्थलहरूमा यो स्थानको विशेष महत्त्व छ । यो तीर्थ नदीको किनारदेखि पहाडको फेदसम्म फैलिएको छ र करिब २००० वर्षदेखि दक्षिण कैलाश वा दक्षिण काशी भनेर चिनिन्छ । मन्दिरको छेउमा पहाडहरू देखिन्छन् र मन्दिरको शिखर विमान दक्षिण भारतीय शैलीमा सेतो रंगमा बनाइएको छ। यस मन्दिरमा तीनवटा विशाल गोपुरमहरू छन् जुन वास्तुकलाको दृष्टिकोणले अद्वितीय छन्। मन्दिरमा सय वटा स्तम्भ भएको मण्डप छ, जुन आफैमा अद्वितीय छ। भित्र शास्त्र शिवलिङ्ग पनि स्थापित छ, जुन विरलै देखिने गर्छ। यहाँ भगवान कालहस्तिश्वरसँगै ज्ञानप्रसुनाम्बा देवीको स्थापना गरिएको छ । मन्दिरको भित्री भाग ५ औं शताब्दीको र बाहिरी भाग १ औं शताब्दीको हो ।

धार्मिक विश्वास अनुसार यस स्थानको नाम तीनवटा जनावर– श्री अर्थात् माकुरा , काल अर्थात् सर्प र हस्ती अर्थात् हात्तीको नामबाट राखिएको हो । यहाँ शिवको पूजा गरेर तीनै जनाले मुक्ति पाएका थिए । किंवदन्ती अनुसार माकुराले तपस्या गर्दा शिवलिङ्गमा जालो बनाएको थियो, सर्पले शिवलिङ्गलाई समातेर पूजा गरेको थियो र हात्तीले शिवलिङ्गलाई पानीले नुहाएको थियो । यी तीन जनावरको मूर्ति पनि यहाँ स्थापित छ। स्कन्द पुराण , शिव पुराण र लिङ्ग पुराण जस्ता पुरातन ग्रन्थहरूमा पनि श्रीकालहस्तीको उल्लेख छ। स्कन्द पुराणका अनुसार अर्जुनले एक पटक यस स्थानमा भगवान कालहस्तिवरको दर्शन गरेका थिए । त्यसपछि भारद्वाज मुनिलाई पनि पहाडको चुचुरोमा देखियो । कनप्पा नामक जनजातिले यहाँ भगवान शिवको पुजा गरेको बताइन्छ । यो मन्दिर विशेष गरी राहुकेतु पूजाको लागि प्रख्यात छ।

मन्दिर प्राङ्गण भित्र क्यामरा फोन लान नमिल्ने रहेछ । पुजाका लागि केही रकम तिरेपछि पुजा सामाग्री सहित हामी मन्दिर भित्रको पुजा कक्षमा गयौ । करिव ५०० जना दर्शनार्थी सहित सामुहिक रूपमा हामी पण्डितको निर्देशन बमोजिम राहु केतु को पुजामा सरिक भयौं। पुजा पश्चात मन्दिरको मुख्य द्वारभित्र प्रवेश गर्यौ, प्रवेशसंगै देखिएको अद्वितीय कलाकृतिबाट बनेको स्तम्भसहित मन्दिर भित्र सुनौला धातुले सजिएका भाग कुनै दन्तेकथामा सुनिएको स्वर्गको महल भन्दा कम थिएनन् त्यो देखेर हामी सबै मनमस्तक भयो । मन्दिर भित्रको वातावरणले प्रत्यक्ष भगवानसंगको साक्षात्कार महसुस भयो । जुन मैले धार्मिक र आध्यात्मिक रूपमा भोगेको भिन्न अनुभूति छ । करिव ५ घण्टाको पुजापाठ र आराधना पछि हामी मन्दिर बाहिर आयौ र बास्थानतर्फ भोजनका लागि गयौं । सात्विक भोजन ग्रहण पछ्यात त्यसै दिन हामी अर्को शक्तिपिठ तिरूपति बालाजी मन्दिर तर्फको यात्रामा लाग्यौं ।

तिरूपति बालाजी :
श्रीकालहस्तीबाट करिव २ घण्टाको गाडिको यात्रामा हामी आन्द्र प्रदेशको तिरुपति जिल्लाको पहाडी सहर तिरुमालामा अवस्थित तिरुपति वेंकटेश्वर मन्दिर पुग्यौँ । यो मन्दिर भगवान वेंकटेश्वरलाई समर्पित छ, भगवान विष्णुको एक रूप , जो कलियुगको परीक्षा र समस्यारूबाट मानवजातिलाई बचाउन पृथ्वीमा प्रकट भएको मानिन्छ। त्यसैले यस ठाउँको नाम कलियुग वैकुण्ठ र यहाँको देवतालाई कलियुग प्रतिक्षा दैवम् पनि भनिन्छ। यस मन्दिरलाई तिरुमाला मन्दिर, तिरुपति मन्दिर र तिरुपति बालाजी मन्दिर जस्ता अन्य नामले पनि चिनिन्छ । वेंकटेश्वरलाई बालाजी, गोविन्द र श्रीनिवास सहित अन्य धेरै नामले चिनिन्छ। तिरुपति वेंकटेश्वर मन्दिर भारतको आन्ध्र प्रदेशको तिरुपति जिल्लाको पहाडी सहर तिरुमालामा अवस्थित एउटा हिन्दू मन्दिर हो । यो मन्दिर भगवान वेंकटेश्वरलाई समर्पित छ, भगवान विष्णुको एक रूप , जो कलियुगको परीक्षा र क्लेशहरूबाट मानवजातिलाई बचाउन पृथ्वीमा प्रकट भएको मानिन्छ। तिरुपति बालाजी मन्दिर भारतको सबैभन्दा धनी मन्दिरहरू मध्ये एक हो। यो मन्दिर दर्शनका लागि एक दिनमा देश-विदेशबाट झण्डै ५० हजार देखि एकलाख आउनेरहेछन । यस मन्दिरसँग धेरै रहस्यहरू जोडिएका रहेछन्।

पौराणिक कथाका अनुसार प्राचीन कालमा भगवान बालाजीको मूर्तिमा असंख्य कमिलाहरूको पहाड बनेको थियो । हरेक दिन एउटा गाई त्यो पहाडमा आउने गर्दथ्यो र दूध दिएर गइहाल्थ्यो । जब गाई मालिकलाई यो कुरा थाहा भयो, उनले रिसाए र बञ्चरोले गाईको हत्या गरे।

यस आक्रमणमा बालाजीको टाउकोमा पनि चोट लागेको थियो र कपाल पनि झरेको थियो । त्यसपछि बालाजी भगवानकी आमा नीला देवीले आफ्नो कपाल काटेर बालाजीको टाउकोमा राखिन् । यसरी प्रभुको टाउकोमा लागेको घाउ पूरै निको भयो। खुसी भएर भगवानले कपालले शरीरको सौन्दर्य बढाउँछ भनी बताउनुभयो र तिमीले मेरो लागि बलिदान दियौ । आजदेखि जसले मेरो लागि आफ्नो कपाल बलिदान गर्छ, उसको हरेक मनोकामना पूरा हुनेछ। त्यसयता भक्तहरूले बालाजी मन्दिरमा कपाल दान गर्दै आएका रहेछन् । यस मन्दिरको नजिकै निलादरी पहाड छ, जसमा नीलादेवीको मन्दिर पनि अवस्थित छ।

मन्दिर दर्शन गर्नका लागि भक्तजनहरूले २/३ महिना अगाडिबाट नाम लेखाउने रहेछन, हाम्रो समय अत्यन्तै छोटो र छिटो भएकाले मुख्य कक्ष सम्म पुगेनौ । करिव २ घण्टा समय मन्दिर प्राङ्गणमा भगवानको आराधनामा सरिकभइ मन्दिर नजिकै श्री वेंकटेश्वर अन्नप्रशादम ट्रस्टद्वारा निशुल्क दर्शनार्थीहरूका लागि सञ्चालन गरिएको भोजनकक्षमा सात्विक भोजन गर्यौ । जहाँ दैनि २ लाख दर्शनार्थीका लागि विहानबेलुका खाना तयार हुदोरहेछ ।

कहिले ८-९ दिनसम्म हिमालयको पदयात्रा, कहिले प्रकृति संगको सामिप्यताको यात्रा त कहिले आध्यात्मिक ध्यान विपशनामा विताएकाे समय प्रत्येकमा मलाइ भिन्न अनुभव भएपनि, अनुभूति एउटै रहेको थियो । र यो धार्मिक यात्रामा पनि मलाइ सोही अनुभूति भयो, जुन कुरा मैले मेरो जिवनकालमा साक्षत्कार गरेको थिएन भने मेरो जन्मको कुनै औचित्य पूरा नहुने रहेछ । सायद अबका दिनमा जीवन भोगाइका क्रममा अनुभव गरिने कुराले पनि सोही अनुभूति प्रदान गर्लान । प्राकृतिक, धार्मिक र आध्यात्मिक सबै प्रकारको यात्रा र अनुभवले नै जीवनमा धेरै कुरा देखाउने र सिकाउने रहेछन र सिक्ने कुरा कहिल्यै नसकिनेरहेछन् ।

लेखक तथा सबै फोटो : सुमन अधिकारी 

 

 

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको