शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुँदै गर्दा यता सिंहदरबारमा अन्तरिम सरकारका प्रतिनिधि बस्ने कार्यकक्ष तयार पारिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा यो सबै व्यवस्थापन गरिएको हो । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने...
गत बिहीबारदेखि सुरु भएको इन्द्रजात्रा (येँया) इन्द्रध्वजापातनसँगै सम्पन्न भएको छ। बिहीबार साँझ ५ः३८ को साइतमा इन्द्रध्वजापातन गरिएको हो। देशको वर्तमान विषम परिस्थितिलाई दृष्टिगत गर्दै अन्तिम दिन पर्ने नानीचा याः को अवसरमा यस वर्ष रथयात्रा भने सञ्चालन गरिएन। तर, कुमारी घरमै विधिवत पूजा गरिएको थियो। इन्द्रजात्राको अन्तिम दिन लिङ्गो ढाल्ने साइत बिहान...
काठमाडौं —  आन्दोलनकारीको कब्जामा रहेको राजधानी काठमाडौंलाई आज सेनाले नियन्त्रणमा लिएको छ। हिजोको तुलनामा आजको काठमाडौंको दृश्य एकदमै फरक देखिएको छ। सडकका प्रमुख चोक–चोकमा सैनिकहरू तैनाथ छन्। कर्फ्यू आदेश जारी भएकाले सवारीसाधनको आवतजावत निकै कम छ। तर, अत्यावश्यक कामका लागि बाहिर निस्किएका नागरिकलाई सेनाले परिचयपत्र जाँचेर अनुमति दिइरहेको छ। आम...
काठमाडौं - प्रदर्शनकारीले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा आक्रोशित समूहले संसद भवन भित्र प्रवेश गरी आगो लगाइदिएको हो । आगलागीबाट संसद भवनभित्रका सभा हल, दलका कार्यालय सबै नष्ट भएका छन् । नेपालको राष्ट्रिय झण्डा फहराउँदै संसद भवनभित्र युवाहरुको समूह प्रवेश गरेपछि प्रहरीहरु...
काठमाडौं — वसन्तपुर दरबार क्षेत्रमा देवराज इन्द्रको पूजा–आजा गर्दै हर्षोल्लासका साथ ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ। पर्वको मुख्य आकर्षण जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा रहेको थियो । इन्द्रजात्रा स्थल वसन्तपुर क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष...
काठमाडौं - पहिलो मनोरञ्जन फुटसल लिग–२०८२ को उपाधि लायन एफसी ‘बी’ले हात पारेको छ । शनिबार राजधानीको इलाइट फुटसलमा सम्पन्न लिगमा लायन एफसी ‘बी’ गोल अन्तरको आधारमा शिलापत्र एफसीलाई पछि पार्दै विजेता बनेको हो । लिगको सुरुवाती खेलमै लायन ‘बी’सँग पराजित भएको शिलापत्रले त्यसपछि लगातार दुई खेलमा जित र एक खेलमा...
‘मिस नेपाल २०२५’ को उपाधि यस वर्ष लुना लुँइटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य समारोहका बीच आयोजना गरिएको ग्राण्ड फिनालेमा आयोजक संस्था ‘द हिडन ट्रेजर’ले लुँइटेललाई मिस नेपाल २०२५ घोषणा गरेको हो। फिनाले कार्यक्रममा निर्णायक मण्डलले प्रतियोगीहरूको प्रस्तुतिको आधारमा लुँइटेललाई उपाधिका लागि सर्वश्रेष्ठ घोषणा गगरे। यससँगै उनले आगामी वर्ष...
आज हर्षोल्लासपूर्वक हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। तीज मनाउन मङ्गलबार बिहान उज्यालाे नहुँदैदेखि काठमाडौँको पशुपतिसहित देशैभरिका शिवालयहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ। पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाकाे लागि व्यव्था मिलाइएकाे शपुपति क्षेत्र विकास काेषले जनाएकाे छ। यसका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव...
काठमाडौं - १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले एकल फोटो प्रदर्शनी आयोजना गरेको छ । संस्थाले यस वर्ष ‘Flight and Frame’ शीर्षकमा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको एकल प्रदर्शनी आयोजना गरेको हो । आज भदौ ३ गते (अगष्ट १९) काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २...
काठमाडौं - सरकारले काठमाडौं उपत्यकासँग जोडिएको नागढुङ्गा सुरुङमार्ग यसपालिको दशैँमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। २.६ किलोमिटरको लामो सुरुङ २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २०८२ को असोजसम्म सञ्चालनमा आउने देखिएको छ। नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो। धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङमार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो...