भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ श्यामा श्याम धाम (राधे राधे) स्थित भगवान श्री राधाकृष्णको भक्ति मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विशेष महोत्सवका रुपमा हर्षोल्लासपूर्वक सम्पन्न भएको छ।
शनिबार बिहान ५:०० बजेदेखि सुरु भएको दर्शन, पूजन तथा विशेष साधना कार्यक्रम राति १२:३० बजेसम्म निरन्तर सञ्चालन भएको थियो। करिब २५...
रसुवा, नेपाल – रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–३ मा रहेको गत्लाङ गाउँ समुन्द्री सतहदेखि २३ सय मिटरमा रहेको यस गाउँ एक सुन्दर पर्यटकीय स्थल हो ।
नेपाल–चीन सीमानजिकै रहेको रसुवाको ऐतिहासिक गत्लाङ गाउँ तोरी फुलेका सुनौलो खेत, हिमाली भू–दृश्य र वसन्त ऋतुमा फुल्ने रुखहरूले गाउँको प्राकृतिक सुन्दरतामा थप आकर्षण दिएको छ।
तामाङ...
भक्तपुर — मध्यपुर थिमि–७ स्थित नगदेशमा १२ वर्षपछि ऐतिहासिक तान्त्रिक भैरव नाच प्रदर्शन गरिएको छ। करिब दुई हप्तासम्म तान्त्रिक विधिबाट विशेष प्रशिक्षणपछि गाईजात्राको भोलिपल्टबाट सुरु भएको नाच चार दिनसम्म राति–राति विभिन्न टोलमा प्रदर्शनी गरिएको हो।
नगदेशको सांस्कृतिक र धार्मिक परम्परासँग जोडिएको यस भैरव नाच लाछि, वहाननी, झ्वापुननी, छ्वास, त्वागा, ध्वाकासी,...
काभ्रेपलान्चोक - बनेपा नगरपालिका–१० बास्डोल र पनौती नगरपालिका– ४ चामखरको सिमानामा अवस्थित जन्ते ढुङ्गा हाल आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चर्चामा आएको छ। विशेषगरी बिदाका दिनमा यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यको मजा लिन पर्यटकहरूको भीड लाग्ने गरेको छ।
हरियो चौर र डाँडासहितको जन्ते ढुङ्गा वरिपरिको सुन्दर दृश्य, ढुङ्गाको अनौठो...
काठमाडौं — प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकालगायत देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराउने, दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने प्रचलन यस पर्वमा छ।...
चितवन — चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा अवस्थित बीसहजारी ताल हाल पर्यटक र प्रकृतिप्रेमीहरूको मन जित्दै गएको छ। हरियालीले ढाकिएको घना साल वनभित्र फैलिएको यो ताल प्राकृतिक सौन्दर्य र जैविक विविधताका कारण चर्चित गन्तव्य बनेको हो।
स्थानीयवासीका अनुसार ताल वरिपरि बीस हजारभन्दा बढी रूख र वनस्पति फस्टाइरहेको अनुमान गरिएको छ।...
नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान ओगटेको साउन महिना सुरु भएसँगै महिलाहरूमा धार्मिक आस्था र सांस्कृतिक सजगता झनै बढेको देखिएको छ।
साउनलाई नेपाली परम्परामा विशेष महत्त्वका साथ मनाइन्छ। विशेषगरी सोमबारका दिन महिलाहरू भगवान शिवको व्रत बस्ने, पूजा आराधना गर्ने र धार्मिक अनुशासनमा समर्पित हुने परम्परा रही आएको...
रसुवा - असार २४ गते तिब्बतबाट आएको भीषण बाढीले रसुवा–चीन नाकाको समग्र संरचना तहसनहस पारेपछि नेपाली भूभागमा पुनःनिर्माणको सुरसार देखिएको छैन। उता, चीनले भने आफ्नोतर्फ धमाधम पुनःनिर्माण कार्य सुरु गरिसकेको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे भन्सार, जलविद्युत् आयोजना, विद्युतीय चार्जिङ स्टेशन, सडकलगायतका संरचना नष्ट गरेको छ। सयौँ सवारीसाधन...
सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको यो डाँडा सिन्धुली जिल्लाको सबैभन्दा अग्लो शिखर हो।
फिक्कल डाँडाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा सहितका विभिन्न हिमशृङ्खला, महाभारत र तराईका समथर भूभागहरू समेत एकसाथ अवलोकन गर्न...
रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्द्धन मञ्च-नेपाल (भिटोफ-नेपाल) र कालिका गाउँपालिका, रसुवाले संयुक्त रूपमा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न गरेका छन्।
‘समुन्नत नेपालको प्राथमिक आधार, पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने नारासहित कालिका गाउँपालिका–५, जिबजिबे, गैरीगाउँमा आयोजित उक्त महोत्सवले कृषि तथा ग्रामीण पर्यटनको...