काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका हुन्।
काठमाडौं उपत्यकाको व्यस्त चोकमध्ये एक ग्वार्कोमा निर्माण भएको यो ओभरपास चक्रपथको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ। चार लेनको ओभरपासको चौडाइ १०.२ मिटर रहेको...
काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ‘ओभरपास’ विधिवत रूपमा उद्घाटन गरेपछि सञ्चालन हुन लागेको हो।
काठमाडौं उपत्यकाको चक्रपथमा विद्यमान सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण सुरु गरेको थियो।...
काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली गाउँघरलाई जीवन्त बनाएको छ।
यसपटक मनसुन चाँडै प्रवेश गरेकोले काठमाडौंका अधिकांश स्थानमा खेतमा धमादम खेतमा रोपाइँ सुरु भएको छ। यसै क्रममा फोटो पत्रकार सुजन श्रेष्ठले काठमाडौँको फर्पिंङमा...
काठमाडौँ - काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भएको छ ।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोक सिग्देल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, सरकारका मन्त्रीहरू, सांसदहरू, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू...
धादिङ – प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक गाथाले भरिएको धादिङको सिङ्ल्हा माने क्षेत्रमा पहिलोपटक बुद्ध जयन्तीको अवसरमा विशेष महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
धादिङको खनियाँवास गाउँपालिका र रूबी भ्याली गाउँपालिकाको सिमाना क्षेत्रमा अवस्थित, ४२०० मिटरको उचाइमा फैलिएको सिङ्ल्हा माने, धादिङ, रसुवा र नुवाकोट जिल्लाको संगम बिन्दु पनि हो।...
मनाङ— हिमाली सुन्दरताले भरिपूर्ण मनाङ सहर पछिल्लो समय साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित यो रमणीय सहर अन्नपूर्ण परिक्रमा ट्रेक र तिलिचो तालतर्फ जाने मुख्य मार्गमा पर्छ।
करीब ३,५०० मिटरको उचाइमा रहेको मनाङ हिमालय पर्वतमालाको काखमा फैलिएको सुन्दर उपत्यका हो। अन्नपूर्ण...
काठमाडौं - प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने...
काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन तथा साहसिक ‘जिब्रो छेड्ने जात्रा’ परम्परागत रूपमा मनाइएको छ।
यस वर्ष पनि बोडे निवासी सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्। उनी बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। सुजनले गत वर्ष पनि जिब्रो छेडेका थिए, जसले उनीलाई यो...
भक्तपुर — भक्तपुरको मध्यपुर थिमीमा नयाँ वर्षको अवसरमा मनाइने परम्परागत सिन्दुर जात्रा आज हर्षोल्लासका साथ मनाइएको छ।
बिस्केट जात्राको मुख्य अङ्गका रूपमा मनाइने यो जात्रामा थिमी क्षेत्रका ३२ वटा खटहरू सहभागी भए, जसमा विभिन्न देवी-देवताका मूर्तिहरू राखी टोलटोल परिक्रमा गरिएको थियो। परम्परागत बाजागाजा, धिमे, काया, भुस्या बजाउँदै सहभागीहरूले एकअर्कालाई सिन्दुर...
काठमाडौं — चित्रकार सुमन राईको “मौनता भित्र कथा” एकल चित्र प्रदर्शनी सुरु भएको छ। ललितपुरको एम क्यूब आर्ट ग्यालरी, चाकुपाटमा मंगलबारदेखि सुरु प्रदर्शनीको औपचारिक उद्घाटन बरिष्ठ चित्रकार मानिष लाल श्रेष्ठले गरेका हुन्।
सृजना कलेज अफ फाइन आर्ट्सबाट स्नातक गरेका राईको कला नेपाली मौलिकता, सांस्कृतिक सम्पदा र दैनिक जीवनका मौन भावहरूमाथि...