काठमाडौं - आरसीबी फ्यान क्लब नेपाल, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको लोकप्रिय टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को नेपालस्थित आधिकारिक मान्यता प्राप्त फ्यान क्लब हो। विगत एक वर्षदेखि क्लबले नेपाली आरसीबी समर्थकहरूलाई एकजुट गर्ने उद्देश्यका साथ फोटो तथा भिडियो प्रतियोगिता, इन्डोर क्रिकेट प्रतियोगिता, लाइभ स्क्रिनिङ, क्विज सेसन जस्ता विविध अनलाइन...
काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको नेपालको सबैभन्दा ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन...
काठमाडौं - नेपाल प्रिमियर लिगमा सहभागी फ्रेन्चाइज क्रिकेट टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। सार्वजनिक लोगो टोलीले क्रिकेट, संस्कृति र राष्ट्रिय गौरवलाई एउटै चिन्हमा समेट्ने प्रयास गरेको छ। टोलीका अध्यक्ष ईश्वर बहादुर जीसीले लोगो सार्वजनिक गर्दै भने 'यो लोगो हाम्रो टिमको बल मात्र होइन, लुम्बिनीको गौरवको...
काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ। गत संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीको नेतृत्व गरेकी ठगुन्नाले फेरि पनि मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा खुशी व्यक्त गरेकी छन्। “टिमलाई...
काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडर मा नियुक्त गरेको छ। मिस नेपाल इन्टरनेशनल २०१७ की विजेता नीति शाहले क्लबसँग जोडिन पाउँदा आफू अत्यन्त खुशी र गर्वित भएको प्रतिक्रिया दिएकी छन्। भलिबलको...
काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट प्रतियोगिता हो। लिगमा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन मार्फत वा इमेल [email protected] मार्फत मा इमेल गरेर फारम लिन...
ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र...
सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। शनिबार बिहान भएको फाइनल खेलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको...
काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको हो। स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपाल,...
काठमाडौं – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत सम्पन्न उसु खेलकुद प्रतियोगिता समापन भएको छ। प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको छ। सुदूरपश्चिम प्रदेशले ३ स्वर्ण पदक जित्दै दोस्रो स्थान प्राप्त गर्दा लुम्बिनी प्रदेशले १ स्वर्ण पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ । समापन समारोहमा...