भूकम्पले क्षतिग्रस्त भएका रामेछापका सरकारी कार्यालयहरु पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण

रामेछाप – भूकम्पले क्षतिग्रस्त भएका रामेछापका ३ वटा सरकारी कार्यालयहरुको भवन पुननिर्माण कार्य सम्पन्न गरी शुक्रबार हस्तान्तरण गरीएको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र पमुख जिल्ला अधिकारीको आवासको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका भवन मध्ये शहरी विकास र खानेपानी डिभिजनका भवनहरु शुक्रबार हस्तान्तरण गरेको छ । प्रजिअ आवास भने केहि दिनमा हस्तान्तरण हुने जनाइएको छ ।

एसियाली विकास वैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा भुकम्प प्रतिरोधि युक्त भवनहरु निर्माणका लागि सुनकोशी÷खानी÷थोदुङ्ग जेभि संग १३ करोड ८ लाख ५७ हजार ६ सय ४४ रुपैयामा संझौता भएको थियो । भवनहरुको निर्माण सक्दा कुल १२ करोड ६८ लाख ७१ हजार ८ सय ३१ रुपैया मात्र खर्च भएको छ । निर्माण सम्पन्न भएका उक्त दुवै भवनहरु निर्माण व्यवसायी रामबाबु घिमिरेले राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभावकर लाल कर्णलाई हस्तान्तरण गरेका थिए । कर्णले शुक्रबारै सम्बन्धीत कार्यालयहरुलाई भवनहरुको चावि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख जगन्नाथ पूर्वे र शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन ।

निर्माण भएका भवनहरुमा कर्यालय प्रयोजन, आवास, क्यान्टीन, ग्यारेज र फर्निचरको सुविधा तथा परिसर समेतको सुविधा उपलव्ध छ । सवै भवनहरु अपाङ्ग मैत्री छन । भुकम्पले क्षतिग्रस्त जिल्लाका अन्य ३ वटा सरकारी कार्यालयहरुको भवन समेत अन्तिम चरणमा पुगेको प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ ।

मन्थलीमा जिल्ला हुलाक कार्यालय र रामेछापमा जिल्ला बन र जिल्ला भू संरक्षण कार्यालयको भवन निर्मँणाधिन अवस्थामा छन । असार सम्म तिनैवटा भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख प्रभाकरलाल कर्णले वताए । यस अघि आयोजनाले जिल्ला स्थित विभिन्न १३ वटा सरकारी कार्याहरुको मर्मत संभार गर्नुका साथै भुकम्प पछिको आपतकालिन अवस्थामा कारागार, बन, भवन र प्रजिअ आवासका लागि प्रिफ्याबको निर्माण गरेको थियो । आयोजना मार्फत जिल्लाका कहि स्वास्थ्य संस्थाको पुननिर्माणको काम समेत हुदै आएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको