काठमाडौं- काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १३७३ जना, भक्तपुरका ३९ जना र ललितपुरका १८७ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १२७८४ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ११७७ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हलसम्म संक्रमित हुनेको संख्या ८६८२३ पुगेको छ।
